1478958692 banner ad format

 
 

पछिल्लो समय खाडी मुलुकहरुकै अनुपातमा जसरी युवाहरु अष्ट्रेलिया र जापान गईरहेका छन अबको २/४ वर्षमा सबैभन्दा बढी लाश पनि त्यही बाट ल्याउनुपर्नैछ।केही वर्ष अघि एउटा वैदेशिक रोजगार संबन्धी कार्यक्रममा एक वक्ताले भनेको सुनेको थिए।

आजको वास्तविकता भिन्न छैन।वितेका केही महिनाहरूमा जापानमा  नेपालीहरुको मृत्यु अनेपेक्षित रुपमा बढीरहेको छ।आत्महत्या र स्वास्थ्य संबन्धी समस्या नै नेपालीहरुको मृत्युको विशेष कारण रहेको हामी सबैलाई अवगत नै छ। उचित आहारको कमी,मादक पदार्थको अत्याधिक सेवन आदीको कारण गम्भीर प्रकृतीका मुटु र अन्य रोगले नेपालीहरुले ज्यान गुमाईरहेका छन भने मानसिक विचलन,प्रेम,तनाव व्यवस्थापनको असक्षमता आदी कारणले आफै ज्यान दिईरहेका छन।

तथ्यांकलाई हेर्ने हो भने विश्वमै सबैभन्दा बढी मानिससले आत्महत्या गर्ने देशमा जापान आउछ। सन् २०१५ मा मात्र करिब पच्चीस हजार जापानी नागरिकले आत्महत्या गरेका छन। तर किन नेपाली नागरिकहरु विशेष गरी विद्यार्थी युवाहरु समस्याको समाधानको रुपमा आत्महत्या रोज्दैछन् त?

व्यस्त जिन्दगीमा किन अस्तव्यस्त भईरहेको छन् नेपाली युवाहरु?

थोरै तनाव व्यवस्थापनका उपायहरु थाहा नहुदा आज जापानमा रहेका नेपालीहरु र अझ विशेष गरी विद्यार्थीहरु आत्महत्या जस्तो गम्भीर अपराध गर्न अग्रसर भईरहेका छन।जसबाट थुप्रै परिवारहरुले आफ्ना र परिवारको भोलीको भविष्य सुदृढ गर्न जापान गएका सन्तान गुमाईरहेका छन भने देशले ती दक्ष युवाहरु गुमाईरहेका छन जो भोली देश फर्केर जापानमा सिकेका सिप पस्केर देशको समृद्धिमा सहयोग गर्न सक्छन।आत्महत्या के समस्याको सबैभन्दा राम्रो समाधान हो त?आत्महत्या गर्दैमा समस्या समाधान भईहाल्ने हुन त? पक्कै हैन।

महिनामा २ लाख मज्जाले कमाउने सपना साचेर जापान अाएका र आउदै गरेका विद्यार्थीहरु मध्ये करिब ८५% लाई घरपरिवारले ऋण काढेर पठाएका हुन्छन। यो नौलो कुरा हैन।  बाह्र देखी चौध लाखको लगानी गर्ने सक्ने क्षमता सहजै हुने परिवारका सदस्य विरलै जापान छिरेका छन। घर जग्गा बन्धकी,धितो,ब्याजमा सापटी र सामान्य सापटी गरेर पुरै वा आशिंक रकम तिइ ८५% घरपरिवारले आफ्ना छोराछोरी को सुन्दर भविष्यको लागी हाल्दिएका हुन्छन । जहाँ परिवारकै अन्य सदस्यको पनि सपनाहरु गाँसिन्छन।

जापान आउनु अघिको कल्पना जव भत्कन्छ

घरको सदस्य संग कुरा गर्न मन लाग्दैन,तनाब बढ्दै जान्छ,चुरोट र वियरमा झुम्छन साँझहरु। जापान आएर २/३ महिना सम्म काम नपाएर बरालिदा।वास्तविकता।काम लगाउन सहयोग नगर्ने विद्यालय,सहयोग गर्न नखोज्ने सिनिएर अनि भाषालाई प्राथमिकता दिने जापान र यहाँका कम्पनीहरु। आएको २/३ महिनामै वेकार आएछु भन्ने बनाउछ यहाँको रहनसहनले तर सबैको भाग्यमा यस्तो हुदैन।कोहीले भगवान पनि यही भेटाउछन। बल्लबल्ल काम पाईयो अब ऋण कहिले तिरुँ,होस्टेल सर्ने बेला भईसक्यो,विस्तारै विद्यालयको शुल्क बुझाउनु छ ।,

घरबाट खबर आउछँ फलानोको छोरोले यति पठाईसकेछ,ढिस्कानाले घरको तल्ला थपिस्कयो,आईफोन पठाईदे,यति पैसा ले उति पैसा दे साथीहरुको माग उस्तै हुन्छ। यस्तै तनाब का बिच मा आत्महत्या गर्न अग्रसर हुन्छौ हामी ।  

तर के आत्महत्याले यी समस्याहरु समाधान गरिदिन्छन त?

क्षणिकको आवेगमा आएर कुनै पनि मुर्खतापुर्ण कठोर कदम चाल्नु अघि सोच्न जरुरी छ।आत्महत्या गर्दैमा ऋण सकिदैन न त पुरा हुन्छन सपनाहरु।जापान आएका जो कोहीले पनि निश्चित अवधि कठोर संघर्ष गरेका छन यो कुरा बुझ्न जरुरी छ।जापानी नागरिकलाई नै हेर्यौ भने करिब करिब जिवनको अन्तिम समय सम्मै यिनीहरु काम नै गर्छन।काम र कामका यहाँका नियमहरु जसले हामीलाई सबै भन्दा बढी सताउछन।कारण? प्राय विद्यार्थी जो नेपालमा कुनै पनि किसिमको काम गरेका हुदैनौ वा यत्तिको कडा नियम बसेर काम गर्ने बानी हुदैन उनीहरुलाई भिज्न पक्कै गाह्रो हुन्छ तर गाह्रो तपाई र मलाई मात्र हुदैन।हामी सबैलाई हुन्छ।दुईवटा  काम र पढाई जापान आउने अधिकाशं नेपाली विद्यार्थीको दैनिकी।म मात्र हैन र तपाई मात्र पनि।त्यसैले आउनुस सबैले जस्तै हामी पनि मिहिनेत गरौ।

संघर्ष गरौ, आत्महत्या होईन।

म सानो छदाँ खोलाका किनार छेउमा खेल्न जान्थे। बगरहरुमा भेटिने साना साना ढुगाँहरु गिटीहरु जम्मा गर्थै।जुन निक्कै साना र सुन्दर हुन्थे।खेल्न मिल्ने ठिक्को गिटीहरु हामी गट्टा खेल्थेम।र नमिल्ने र सुन्दर साना ढुँगाहरु घरमा सजाउन प्रयोग हुन्थे।सोच्थे यति राम्रा ढुगाँहरु कसरी बन्छन?के यिनीहरु यही अवस्थामा यहाँ छरिएर रहेका हुन त? तर अहँ हैन रहेछ।पछि केही ठुलो भएर बुझे। बडेमानको ढुगाँहरु कहिले पहिरो संग,कहिले बाढी संग,कहिले भिर बाट त कहिले छागाँबाट ठोकिदै,झर्दै,टुक्रिदै अनेकन सुन्दर आकार र प्रकारहरुमा अन्त्यमा खोला किनारमा आईपुग्ने रहेछन।

हेर्नुस त हामीले घर सजाउन कति सजिलै खोला किनारबाट टिप्ने ढुगाँको संघर्ष। हाम्रो जिवन पनि यस्तै हैन र। हामी ले पनि बिना संघर्ष र परिश्रम कसरी सुन्दर जिवन पाउलाऊ। ढुँगाले त नपाउने रहेछ। हामी पनि अनेक हन्डर खाँदै जिवनसंग ठोकिनु पर्छ, हामी आफुलाई ठुलो ठान्छौ, त्यो अभिमान बाट झर्नुपर्छ र हाम्रा घमण्डहरु टुक्रिनुपर्छ र त बन्छौ हामी पनि र बनेका छन अरु का पनि सुन्दर जिवन।

मिहिनेत नगरी सफलता पाईने भए खुशीहरुको कति फिक्का हुने थिए। संघर्षहरुका कथा लेखिने थिएनन। सपनाहरुको अस्तित्व थिएनन, आफ्नो र परिवारको सपनाहरु पुरा गर्न,खुशीहरु संग्रह गर्नको निम्ती हामी परदेशिएका हौ । त्यसैले यही पुरा गर्न मिहिनेत गरौ। जिवन पुरा गर्न किन हतार गर्नुहुन्छ मित्र? चाहनाहरु पुरा गर्नुस्,रहरहरु भर्नुस,सपनाको उडान गर्नुस। जीवन त एकदिन आफै पनि पुरा हुनेछ र सबैभन्दा दुख त त्यो बेला हुनेछ जब हाम्रा चाहनाहरु,सपनाहरु बाँकी रहन्छन र जिवन पुरा भईदिन्छ।

प्रेम विश्वमै आत्महत्या हुने कारणहरुमा अग्रपक्तिँमा आउने गर्छ। जापानमा रहेका नेपाली विद्यार्थीहरुमाझ पनि  यस्को जोखिम नकार्न सकिन्न। केही महिना अघि फुकुओका क्षेत्रमा एक युवतीले गरेको आत्महत्या हामीले विर्सिएका छैनौ।

"जति टाढा उति माया गाढा"।

लेखिए जस्तै हुन्छन र संबन्धहरु। टाढा रहँदा कति गाह्रो हुन्छ निभाउन झन। भौगोलिक दुरीले गर्दा जब प्रेम संबन्धहरुमा दुरी आउछ अनि प्रेम पनि आत्महत्याका कारण बन्न पुग्छन।पिंजडामा वर्षोदेखी थुनिएर रहेको परेवा वाहिर उड्न पाउदा जसरी उड्छन त्यो भन्दा बढी उड्छौ हामी। जब सामाजिक बन्धनको नेपाली समाजबाट जापानको खुल्ला समाजमा हाम्रो अवतरण हुन्छ।प्रेम बाट उत्पन्न हुने तनाबलाई सुरक्षित तवरबाट व्यवस्थापन गर्न नसक्दा आत्महत्या जस्तो गम्भिर अपराध गर्न पुग्छौ हामी।

म तपाईको यो कुरा मा सहमत हुन सक्छु, प्रेम फेरी फेरी नहुन सक्छ तर यसो हैन प्रेम फेरी हुनेछ। यदी हामीले जीवनलाई पोखरी जसरी नजमाईकन खोला सरी बग्न दियौ भने। होला फेरी पाईएको प्रेम कम पाईएला वा बढी पाईएला तर  यो कुरा तपाई मान्नुस की जीवन फेरी पाईन्न। न कम पाईन्छ न त बढी नै। एक चोटी गएको जिवन फर्किदैन, त्यसैले यो जीवन लाई केही उर्जाशिल बनाउ। प्रण गरौ संघर्ष गर्नैछौ आत्महत्या होईन।

मन बुझाउने सरल भन्दा सरल उपायहरु  छन जस्को हामी हेक्का गर्दैनौ। जीवन संग गुनासो नहुने हैन। गुनासो गर्दा फाईदा चाही के त? बदलिने पक्कै हैन। म पनि आफ्नो जिवन संग त्यति सन्तुष्ट छैन। त्यसैले चाहे जस्तो बनाउन मिहिनेत गर्दैछु। जति खुशी मैले पाएको छु,जति सुख म संग छ,जति धेरै म हास्छु,जतिको आरामदायी जिवन मेरो छ,मलाई थाहा छ त्यति पनि यो संसारमा धेरै जनाको भाग्यमा छैन।

पढ्नलाई कपि र कलम नभएर विद्यालय जान पाउदैनन मेरै देशका कयौ ग्रामीण भेगका जनता र पढ्नकै लागी म लाखौ रुपिया खर्च गरेर विदेश आएको छु। चौबिसै घण्टा वर्षै भरी मनले चाहेको कुरा लगाउन खान पाउछु म यहाँ तर विश्वमा करोडौ मानिसको भाग्यमा कुहिएको चामाल र थोत्रो लुगा पनि नसिव हुन्न। मन बुझाउन सकिन्छ। जापानमा वेकार आईएछ,पहिले त यो सोच नै गलत हो।

अरु देशमा चाही संघर्ष गर्नै नपर्ने हो र? तपाई विश्वको जुन सुकै विकसित देश घुम्नुस अमेरिका,अष्ट्रेलिया,बेलायत,न्युजिल्यान्ड आदी ईत्यादी ति सबै देशमा जाने विदेशी विद्यार्थीहरुले उत्तिकै दुख गरेका हुन्छन जति आज हामीले गरिरहेका छौ। विद्यार्थीका लागी हरेक देश समान हुन। दुख,मिहिनेत,संघर्ष सबै। तसर्थ हामी किन संघर्ष नगर्ने किन मिहिनेत नगर्ने। प्रण गरौ संघर्ष गर्नैछौ आत्महत्या होईन।

नौ वर्ष अघि एउटा गितार लिएर राजधानी झरेको युवक जो हरेक दिन विहान दस बजे देखी बेलुका पाँच बजेसम्म स्टुडियोको ढोकामा आफुलाई नी गाउन दिन्छन कि भनेर कुरेर बस्थे आज गायक हेमन्त राणा बनेर नेपाली माझ परिचित छन। दुई वर्ष अघि नृत्यमा  केही अलग गर्छु भनेर घर छोडेर हिडेका नेपाली युवाहरुको समुहले आज पुरा भारतलाई नै बि-बोईगंमा नचाईरहेका छन। दुई वर्ष सम्म एउटा सानो कोठामा ९ जनाले गरेको संघर्षले आज उनिहरुलाई यहाँ लेराईपुर्याएको छ।

१६ वर्षको उमेरमा डाक्टरको लापरवाहीले आखाँको ज्योति गुमाएकी सृष्टले आज विश्वको नाम चलेको विश्वविद्यालयमा परिक्षा दिएरै छात्रवृत्ति मात्र हात पारिन्न विश्वविद्यालयनै टप गरिन। आखाँ गुमाईएको सन्तान बोझ भनिने हाम्रो समाजमा उनि आमाबुबाको लागी गर्व बनेकी छिन आफ्नै मिहिनेत र संघर्षले। मलाई सफलता भन्दा बढी संघर्षका कथा सुन्न, हेर्न र पढ्न मन पर्छ। सफलताका कथाले संघर्षका गाथाहरुले जति दिने प्रेरणा हौसला दिन सक्दैन। आखिरमा संघर्ष पछि सफलता त निश्चित छ। गुगुल,युट्युव र अन्य सामाजिक संजालहरुमा यस्ता संघर्षको कथाहरु हेरौ।

अन्त्यमा

हामी सबैको जीवनमा निश्चित समय यो अवस्था आउछ नै यसलाई व्यवस्थापन गरेर अघि बढ्नु पर्छ हार मान्नु हुदैन। भन्नछन नी सम्हालिनको लागी डगमगाउनु पनि त जरुरी छ। आज जति पनि मानिस सफल भएका छन उनीहरुले पनि यो अवस्था पार गरेकै हुन्छन।आत्महत्या समस्याको समाधान होईन।

यसले त झन हाम्रा घरपरिवारमा समस्या थपिदिने काम गर्छ। जापानमा रहेका सम्पुर्ण विद्यार्थी साथीहरुलाई मेरो अनुरोध आफुलाई केही यस्ता खाले समस्या छन भने आफ्नो नजिकको मित्र,आफन्त,परिवारसंग सेयर गर्नुस।आफ्ना साथीलाई यस्तो भईरहेको छ भने उनीहरुलाई तनाव व्यवस्थापनको लागी सहयोग गर्नुस। जीवनको यात्रा लामो छ। यो यात्रामा गन्तव्यमा पुग्नु भन्दा पनि महत्वपुर्ण कुरा हामीले यात्रामा कत्तिको रमाईलो गर्यो,यात्राके आन्नद लियौ, हुनेछ।

आफ्ना चाहनाहरु,परिवारका खुशी लिन आकासमा उडेर आएका हामी आत्महत्या गर्दै वाकसमा पुग्यौ भने जो कसैको परिवार विक्षिप्त हुनेछ। हाम्रा परिवार आफन्त मात्र नभई राष्ट्रले पनि हामीबाट निकै ठुलो आशा गरेको छ। जापानमा देखीहाल्यौ कि देश जनताले कसरी बनाउदो रहेछ नेता ले हैन भनेर। यही कुराहरु हामीले देशमा फर्कैर लागु गर्दै आफ्नो देश समृद्ध पार्नु छ।पछिका हाम्रा सन्ततिहरु यसैगरि जापान अमेरिका अष्ट्रेलिया पढ्नकै लागी भनेर वाहिरिन नपरोस। त्यस्कोलागी पनि देशलाई सहयोग गर्नुछ हामीले। हामी भाग्यमानी छौ की हामीले दुख,मिहिनेत र संघर्षलाई नजिकबाट हेर्न पाएका छौ र भोली सफलतामा पनि हामीलाई उत्तिकै आन्नद आउनेछ।

त्यसैले आउनुस साथीहरु प्रण गरौ हामी संघर्ष गर्नैछौ आत्महत्या होईन।

 

प्रकासित मिति

Loading...

 

yummyfood