tealaya add

tarajeतारा रावल। हिन्दु नेपाली नारीहरुको महानचाड हरितालिका तिजको मावल तातिदै गर्दा यो मन पनि अनेकौं प्रश्नहरूले तरंगित भइरहेको छ। हिन्दु नेपाली नारीहरुले भाद्र शुक्ल पक्ष तृतीय तिथिदेखि पन्चमीसम्म शिव पार्वतीको पुजा आरधना गरि नाचगान गर्दै निराधर व्रत बसि तिज मनाउने गर्दछ्न। माता पार्बतीले शिवजिलाई पतिको रुपमा पाउ भनी व्रत बस्छिन् ।

शिवजिलाई पाएपछि यो हरितालिका तिज तथा तिज व्रतको सुरुवात भएको पाइन्छ ।अविवाहित नारिहरुले राम्रो पति पाउ भनी यो व्रत बस्दछन भने बिबाहित नारिहरुले आफ्नो पतिको दिर्घायुको निम्ति यो व्रत लिने धार्मिक बिश्वास छ,। यो चाडमा बिशेष गरि माइतीहरुले आफ्नो चेलीबेटीहरुलाइ घरमा बोलाइ मिठो मसिनो खान दिएर मनाउने परम्परा पनि छ, पहिले पहिले तिज नजिकैदै गर्दा दिनभरी आ आफ्नो घर धन्दा गरि साझपख कतै दोबाटोमा ,चौतारीमा वा कसैको घरको आगनीमा दिदीबहिनी साथीसंगि मादल बजाउदै दुख सुखका गितहरु आफै गाउदै नाच्दै रमाउने गर्थे ।

घरमा उप्लब्ध मिठिमसिनो त्यहि पकाएर खाएर दुखसुख साटासाट गर्दै तिज मनाउथे। र माइती घरमा आएका छोरिचेली पन्चमी पछि घर फर्किन्थे, तर, शास्त्र अनुसार चारदिन मात्र मनाइने यो चाड पछिल्लो समयमा आएर महिनौ सम्म ठुला ठुला पाटी प्यालेस ,होटेलहरुमा चौरासी ब्यान्जनका साथमा हुस्की बियरले मातिदै महगा महगा गरगहना ,र महँगो महगा सारी दिनै पिच्छे बदली घन्टौ सम्म पालर बसि तयार भएर मनाउनुले एक किसिम विकृति फैलिएको छ,।

हुनेखानेहरुको हकमा त यो सब सामान्य नै होला तर हुदाखानेहरुको लागि यो कल्पना भन्दा बहिरको कुरा हुन्छ र यो कुराको डाइरेक असर हुँदा खानेहरुमा पर्न जान्छ त्यो हामिले बुझ्नजरुरी छ,। सरकारले होटल तथा पाटिप्यालेसको तिज ,दरखाने कार्यक्रमलाई बन्देज गर्ने किसिमको निति लियतापनी यो पुण रूपमा फेल भैसकेको छ। “झुपडी कि नारी भन्छ तिउनलाइ नुन छैन महलकि नारी भन्छे सोचेजती सुन छ्रैन ” यो खालको जुन ट्रेण्ड छ जसका कारण धेरै महिलाहरूका घरबार नै बिग्रेको अनुभव हामी प्रष्ट देखन सक्छौ,।

हामी आज समाजबादका कुरा गरिरहदा पुजीवादी ब्यावस्था हाबी भैरहेको छ। हामी महिलाहरू किलो किलोका सुनका गहना पचासौं हजारका सारिहरु लगाउदै पाटी प्यालेस मा बियर र हुस्कीमा रमायर परिवर्तन हुनेवाला छैन , हामी ढकप्प सुन र चम्किला सारी लाएर मात्र हामी महान नारी हुनेवाला छैनौ, आजको यो प्रवृत्तिले गर्दा हाम्रो समाज कतातिर धकेलिदैछ ?हामी कतातिर जादैछौ? हाम्रो समाज हाम्रो सस्कृती बचाउने बाहानामा हामिले विभिन्न किसिमका बिकृती भित्र्याउदै त छैनौ?यिनि प्रश्न म जस्ता हजारौं  नारिका मनमा तेर्सिएका छन।

परम्परावादी समाजलाई चुनौती दिनका लागि सीमित उपलब्धिहरूको संरक्षण र उपभोग गर्दै थप हकअधिकार सुनिश्चितताका लागि सङ्घर्ष गर्दै अगाडि बढ्नुपर्छ । त्यसले नै नेपाली महिलाहरूले मनाउने तीज पर्वलाई मात्र नभएर महिला मुक्ति आन्दोलनलाई एउटा नयाँ आयाम दिनेछ ।

आफ्नो लोकसंस्कृतिको जगेर्ना गर्नु राम्रो पक्ष हो । यसलाई हामीले रमाइलाको रूपमा लिनुपर्छ । चाडपर्वका नाममा अस्वस्थ प्रतिस्पर्धा, अश्लीलता प्रदर्शन, महँगा गरगहना र लत्ताकपडाको होडबाजी गरेर तीजलाई विकृतिका रुपमा मनाउँनु हुँदैन । तीज पर्वले बोकेको रूढिवादी परम्पराका विरुद्धमा सङ्घर्ष गर्दै सामन्ती पुरुषप्रधान सामाजिक संरचना र उपभोक्तावादी पुँजीवादी अश्लीलता र छाडापनका विरुद्ध आन्दोलनका रूपमा यस चाडलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता छ ।

चाड पर्बहरुको रक्षा गरौ,जगेर्ना गरौ खराबखाले बिकृती बिसङगतीलाई हामिले हतोत्साहित गरौ हरेक चाडलाई सामान्य तरिकाले मनाउने गरौ। सबैले आ आफ्नो घाँटी हेरि हाड निलौ, र सबै नेपाली जनता मिलि एक सभ्य भब्य असल बैज्ञानिक समाजबादको निर्माण गरौ।

 

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...