annapurna add

लक्ष्मण दर्नाल ।  मानवजातिको अस्तित्वलाई नै चुनौती दिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्व लकडाउन छ । भाइरसले सेकेन्ड र मिनेटको महत्व र अर्थ राख्ने द्रुतगतिको चलायमान विश्वलाई कोठाभित्र थन्काइदियो ।

laxmanहालसम्म (२८ चैतसम्म) सम्म विश्वमा ९५ हजारको ज्यान लिइसकेको भाइरस १५ लाख मानिसमा संक्रमण देखिएको छ । यो भाइरसका कारण कोलाहल विश्व एकाएक सुनसान बनेको छ ।

भारतमा सामाजिक दूरीको बिरोध भएको छ । सामाजिक दूरीको नाममा छुवाछूत बढ्ने खतराप्रति भारतीय लेखक कान्चा इलैयाले लेखमार्फत् चिन्ता व्यक्त गरेका छन् ।

तयारी अवस्थामा बसेका विश्व शक्ति राष्ट्रका मिसाइल, अणुबम र लञ्चरहरु भाइसरको सामु खिँया लागेका काम नलाग्ने सावित भए । ती मानव रक्षाका लागि रहेन छन् । हरेक एक शताब्दीको अन्तरालमा यस्ता महामारीहरु आइरहेको विश्व इतिहास छ । यस्ता महामारीको आँकलन पहिल्यै नगरिएको पनि होइन । तर, संभावित जोखिम न्यूनीकरणका लागि के गरियो भन्ने कुराको हिसाबकिताव भाइरसलाई परास्त गरिए पछिको बिश्वमञ्चमा छलफल हुने नै छ । विज्ञान, प्रविधि, पुजी र विकासले विश्वको एक नम्बरमा कहलिएका शक्ति राष्ट्रहरुलाई समेत माथ खुवाउने गरी मन्द्राएको कोरोना भाइरसको चर्तिकला देख्दा मलाई ताजुव लागेर आउछ ।

हिन्दुधर्ममा बहिस्कारभन्दा पनि स्वागतमा दीप प्रज्वलित गर्ने प्रचलन बढी छ । थाल ठटाएर, दीप प्रज्वलन गरेर कोरोना भाग्ने पनि होइन । कोरोनामा नाममा परम्परालाई अघि सारेर विभेदलाई प्रोत्साहन गर्न खोजियो की भन्ने बहस जारी छ ।

भाइरस पनि कस्तो ? एकले अर्कोलाई छुन नहुने । टाढै बस्नुपर्ने । जसलाई सामाजिक दूरी कायम भनेर भनियो । यो नेपालमा दलित र गैरदलितबीच करिब तीन हजार वर्ष पहिल्यैदेखि जबरजस्त प्रचलनमा छ । सामाजिक दूरीका नाममा टाढा रहनुपर्ने बहानामा छुवाछूतका घटनाहरु बढ्न सक्ने सम्भावना बलियो छ । 

चोरलाई भर्याङ भएजस्तै विभेद गर्नेहरुलाई सामाजिक दूरीको अवधारणा अर्को हतियार हुनेछ । ‘सामाजिक दूरी’ को विरोध हुन थालेपछि विश्व स्वास्थ्य संगठनले सामाजिक दूरी नभनी शारिरीक दूरी भन्न थालेको छ । भारतमा सामाजिक दूरीको बिरोध भएको छ । सामाजिक दूरीको नाममा छुवाछूत बढ्ने खतराप्रति भारतीय लेखक कान्चा इलैयाले लेखमार्फत् चिन्ता व्यक्त गरेका छन् ।

छोइन नहुने । अरुको घरमा जान नहुने । मलाई भाइरसप्रति शंका छ । कतै यसले जातीय भेदभाव तथा छुवाछूतसँग मिलेमतो त गरेको छैन? यी दुवैको प्रकृति हेर्दा उस्तैउस्तै देखियो, एकले अर्कालाई छुन नहुने, छोएको खान नहुने । तर, विश्वमा फैलिएको कोरोना भाइरस हाल दक्षिण एसियामा मात्र व्याप्त जातीय भेदभाव तथा छुवाछूतसँग कसरी सहकार्य गर्न पुग्यो ? ‘लकडाउन’मा परेर कोठाभित्र रन्थनिएको बेला शंकाले झन उकुसमुकुस बनायो । आफैलाई प्रश्न गरे ।

कोरोनाको कुनै प्रवाह नगरी भोको पेटले लाइन बसेका दलितमाथि न्याय होलाभन्दा उल्टो अपमानित भइ कुटिनु पर्ने? सक्नेले र पहुँच भएकाहरुले नै पाउने रहेछ राहत भन्ने कुरा भूकम्पपछि फेरी पुष्टि हुँदैछ ।

दक्षिण एसियाको मुख्य शक्तिराष्ट्र भारतका (जहाँ २ करोड ५० लाख दलित छन्) प्रधानमन्त्री नरेन्द्र मोदीले दीप प्रज्वलन गरेर कोरोना भाइरसलाई स्वागत गरेका हुनकी बहिस्कार ? प्रश्न उनैलाई । हिन्दुधर्ममा बहिस्कारभन्दा पनि स्वागतमा दीप प्रज्वलित गर्ने प्रचलन बढी छ । थाल ठटाएर, दीप प्रज्वलन गरेर कोरोना भाग्ने पनि होइन । कोरोनामा नाममा परम्परालाई अघि सारेर विभेदलाई प्रोत्साहन गर्न खोजियो की भन्ने बहस जारी छ । तर, नेपालमा त ‘लकडाउन’कै बेला छुवाछूतका घटनाहरु भइरहेका छन् ।

भारतमा दीप प्रज्वलित गरेको चौथो दिन स्याङ्जा चापाकोट नगरपालिकाका सुमन बि.क राहत लिन जादा कुटिए । दलित भएकै कारण उनीमाथि कुटपीट भएको छ । कोरोना भाइरसले त जातीय भेदभाव तथा छुवाछूतलाई नै प्रोत्साहन गर्ला जस्तो छाट देखाउन थाल्यो । अचम्म राहत वितरणका नाममा दलितमाथि छुवाछूत र कुटपिटका घटनाहरु पो बढ्न थाले । ‘लकडाउन’मा पनि छुवाछूत! छुवाछूतसहितको ‘लकडाउन’ स्वीकार्य छैन ।

११ चैतदेखिको गुप्तबासले दलित तथा दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने वर्ग समुदायको चुल्हो नबल्ने अवस्था आइसक्यो । स्थानीय सरकारले राहत वितरण गरेका फोटा फेसबुकभरी छाएका छन् । घरमा अन्न सकिएपछि राहत लिनेको लाइनमा दलितहरु अग्रपक्तिमा छन् । स्वभाविकै हो, दलितहरु भूमिहिन सुकुम्बासी छन्, बेरोजगार छन्, अहिले पनि २३ प्रतिशत गरिवीको रेखामुनि छन्, काम गर्न पाएका छैनन् अनि दलितहरु राहतको लाइनमा नगएर भो त?

अहिले तपाईको कुरा विश्वले सुन्छ कोभिड महाराज । कोरोना महाराज तपाईले हाम्रो ज्यान लिएपनि बाचुञ्जेल सम्मानका साथ बाँच्न पाउँ, भोको पेटमा लकडाउनमा नराखिबक्योस् महाराज ।

कोरोनाको कुनै प्रवाह नगरी भोको पेटले लाइन बसेका दलितमाथि न्याय होलाभन्दा उल्टो अपमानित भइ कुटिनु पर्ने? सक्नेले र पहुँच भएकाहरुले नै पाउने रहेछ राहत भन्ने कुरा भूकम्पपछि फेरी पुष्टि हुँदैछ । तर, शासकहरुलाई यी घटनाहरु सामान्य लागेको देख्दा कन्पारो तातेर आउँछ । तर, के गर्नु ‘लकडाउन’ले बाहिर निस्कन पाए पो ।

‘लकडाउन’ खुल्ला भएको भए माइतीघर मण्डला पुगेर प्लेकार्ड समाएर उभिने थिए । अनि प्लेकार्डमा लेख्ने थिए ‘लकडाउनमा वितरण गरिएको राहत सामाजिक न्यायको आधारमा वितरण गर, गरीव, दलित र मजदुर वर्गलाई पहिलो प्राथमिकतामा राखेर समानुपातिक तरिकाले राहत वितरण गर, राहत लिन गएका जनता कुट्ने चापकोट नगरपालिकाका मेयरमाथि तत्काल कारवाही गरियोस् प्राकृतिक प्रकोप वा महामारीले जात, धर्म, भाषा लिङ्गका आधारमा विभेद गर्दैन । सत्य हो सानो ठूलो छुट्याउँदैन । तर, यस्ता महामारीले गरिब तथा समाजमा जसलाई पछाडि पारिएको छ, जसको पहुँच छैन त्यही वर्ग समुदायलाई बढी प्रभावित गर्छ यो पनि सत्य हो । दुईमत छैन लकडाउनमा भोकमरीमा पर्ने दलित समुदाय नै बढी हो ।

विश्वभर आफ्नो साम्राज्य फैलाइरहेको कोरोना भाइरस महाराजलाई मेरो प्रश्न छ ‘दलितले धारा, कुवा छुनै पाउदैनन् अनि कसरी हात धुने? म भाइरस महाराजलाई विन्ती चढाउछु नेपालका दलित वस्तीमा हात धुने पानी छैन । पानी भए सावुन छैन । आरनमा पाईन् राख्ने एक बटुको पानी छ ।

प्राकृतिक विपत्ले पनि दलितलाई छुट्याउदो रहेछ । होइन भने भूकम्प र कोरोना भाइरसको महामारीमा दलित समुदायमाथि विभेद किन भइरहेको छ?

मालिकहरुको सेवाको लागि राखेको हो । मेरो हात धुनलाई सावुन पानी छैन । हाम्रा झुपडीमा अन्न सकिएको, मेरो आरन र वस्तीमा सावुन पानी नभएको खवर मेरा शासक महाराजलाई तपाई कोभिड महाराजले सुनाइदिई बक्स्योस् । अहिले तपाईको कुरा विश्वले सुन्छ कोभिड महाराज । कोरोना महाराज तपाईले हाम्रो ज्यान लिएपनि बाचुञ्जेल सम्मानका साथ बाँच्न पाउँ, भोको पेटमा लकडाउनमा नराखिबक्योस् महाराज ।

हुनत दलित समुदाय कुटिनु पर्ने, राहतबाट बञ्चित हुनुपर्ने घटना पहिलो होइनन् नेपालमा । तराईको शीतलहर, हुण्डरी, बाढी, पहिलो, आगलागी लगायतका दुर्घटनाहरुमा दलित समुदायमाथि विभेद भएका छन । काम गर्ने बेला, आन्दोलन गर्ने वेला दलितमाथि बिभेद हुदैन नेपालमा । खाने वेला वा अवसर र अधिकार बाँठफाँड गर्ने वेला विभेद हुन्छ । कलडाउनमा पनि यस्तै भएको छ । बाँडफाँड गर्ने बेला आएसी विभेद । कसैलाई बाड्नु नपरेको भए त्यहाँ विभेद हुदैन्थ्यो । दलितहरु कटिनुपर्ने थिएनकी!

बिश्व युद्धहरु भए, गृहयुद्धहरु भए तर दक्षिण एसियाबाट छुवाछूत हटेन । जनआन्दोलनहरु पनि भए तर छुवाछूतलाई हल्लाउन सकेनन् । २०७२ बैशाख १२ गतेको भूकम्पको स्मरण पनि ताजै छ । भूकम्पका बेला पनि दलितमाथि सक्दो विभेद गरियो । त्यो विभेद राहत वितरणमै थियो । राहत लिन आउने दलितमाथि विभेद गरियो ।

संविधान र कानुनले त सम्मानित जीवन दिएकै छ । तर, मान्छेको व्यवहार संविधान र कानुनले परिवर्तन गर्न नसक्दा विभेद उस्तै छ ।

भूकम्पको अवधीमा करिब आधार दर्जन घटनाहरु बाहिर आए । काठमाडौँमै राहत वितरणमा दलित महिलामाथि कुटपीट भएको थियो । राहत लिन जादा रामकोटकी सरस्वती सुनारलाई स्थानीय गैरदलितले कुटेर हात भाचिदिएका थिए । प्राकृतिक विपत्ले पनि दलितलाई छुट्याउदो रहेछ । होइन भने भूकम्प र कोरोना भाइरसको महामारीमा दलित समुदायमाथि विभेद किन भइरहेको छ? भाइरस नियन्त्रणका नाममा दलितमाथि गरिएको विभेद अमानवीय छ । स्वीकार्य छैन ।

मानव निर्मित संरचनालाई प्रकृतिले जहिले पनि चूनौती दिदै आएको छ । ध्वस्त पारेको पनि छ । जातीय भेदभाव तथा छुवाछूत पनि मानव निर्मित सामाजिक संरचना हो । यसलाई पनि प्रकृतिले नै ध्वस्त पार्नुपर्ने होकी! नेपालका मानवजातिले त कानुन र संविधानमा अस्वीकार गरेपनि व्यवहारमा राखिरहे । छुवाछूत गर्न हुदैन भन्ने कुरा यो दुनियामा कसलाई थाहा छैन ? अचम्म त २०७२ को भूकम्पलाई सम्झिदा पो लाग्छ । ७.८ म्याग्नाच्युट स्केलमा जबरजस्ती धर्ती हल्लाएर हायलकायल पारि ८ हजार मान्छेको ज्यान लिएको नाथे भूकम्पले छुवाछूलाई हल्लाउन समेत सकेन ।

अब झण्डै एक शताव्दिको अन्तरालमा आएको कोरोना भाइरस महामारीले के गर्छ हेरौं । झण्डै तीनहजार वर्षदेखि जातीय भेदभाव र छुवाछूतबाट हेपिएका दलित समुदायलाई कोरोना भाइरसले पनि हेप्नी! होइन भने लकडाउनको राहत वितरणमा दलितमाथि किन विभेद? किन कुटपिट? शासकहरुलाई कुनै पनि चिज बाड्न पर्दाको आक्रोशको सिकार हाललाई चापाकोटका सुमन बि.क भए पनि अन्य जिल्लाको अवस्था फरक छैन । खवरदार कोरोना भाइरस तिमी दलितका लागि थप विभेद लिएर आएका छौ ।

संघर्ष र आन्दोलनलेमात्र समाजमा परिवर्तन ल्याउदैन प्राकृतिक विपतले पनि परिवर्तन ल्याउँछ । तर जातीय भेदभाव तथा छुवाछूतको सवालमा भने यी विपतहरु किन मौन छन्?

मृत्युसँग डराएर तिमीलाई खवरदार भनको होइन । मर्नु त एकदिन छदैछ तर हामी बाचुञ्जेल सम्मानित जीवन चाहान्छौं । मानवीय जीवन चाहान्छौ । संविधान र कानुनले त सम्मानित जीवन दिएकै छ । तर, मान्छेको व्यवहार संविधान र कानुनले परिवर्तन गर्न नसक्दा विभेद उस्तै छ ।

संघर्ष र आन्दोलनलेमात्र समाजमा परिवर्तन ल्याउदैन प्राकृतिक विपतले पनि परिवर्तन ल्याउँछ । तर जातीय भेदभाव तथा छुवाछूतको सवालमा भने यी विपतहरु किन मौन छन्? नयाँ वर्षदेखि जातीय भेदभाव तथा छुवाछूत गर्न हुदैन र गर्दिन भन्ने सतबुद्धि पलाओस् ।

छुवाछूत जस्तो अमानवीय र संविधान विपरितको कुकार्यप्रति शासकहरुको ध्यान गम्भीर होस्, कानुन कार्यान्वयन गर्ने निकायको सोच परिवर्तन भएर छुवाछूतका पीडितहरुले न्याय पाउन नयाँ वर्ष २०७७ को शुभकामना!

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर