annapurna add

bk ganesh11

सीप चल्छ कामीको राम्री राम्री छोरी चल्छ पसिना रगत बगाएर कमाएको पैसा हातमा थुक लगाउदै गन्ती गरेको पैसा चल्छ । मन्दिरमा माथी शिरमा गजुर,त्रिशुल, मन्दिर भित्र मुर्ती कामीले नै आरमा पलाम जलाएर बनाएर तातो पानीमा चोपेर बनाएको चल्छ । पंधेरा बाट पानी भरी ल्याउने तामाको गाग्री कामीले नै बनाएको चल्छ तर कामीले छोएको पानी चल्दैन ।

वाहा ! कति रमाईलो छ है नेपाली समाज ? सेक्स चल्ने , जवान चल्ने , सीप चल्ने ,औजार चल्ने तर उसैले खाली शरीरले छोएको पानी नचल्ने ,पानी नै रंग हुदैन , जुन रंग मिसायो त्यही रंग हुन्छ । तर मान्छे मान्छे नै हो । मान्छे मा कुनै फरक हुदैन । मानिसको शारीरिक अंग चाहे हस्पिटल ले पनि एक को अर्कोमा प्रत्यारोपण गर्न सक्छ ।

भौतिकवादले संसार जितिसक्यो । चन्द्रमा गएर मानिस बाँस बसिसक्यो । हामी नेपाली एउटा सियो बनाउने उपाए छैन भौतिवादको आँखा मा तर जातिय छुवाछूत अनि जातिय विभेद कुरो गर्छौ । मेरो बुझाईमा हामी जब सम्म नेपाली जातिय मुद्दा बाट मुक्त हुन सक्दैनौं सु-शासन शान्ती अमन चयन र समृद्धी हुदैन । एकता नै समाज रुपान्तरण हो देश समृद्धि हो ।

******************************************************************************************

                                                                               कोठा
ganesh poem
मसान्तको भोलि पल्ट, घरबेटी कराउँछ ।
भाई महिना पूरा भयो त ?
बिहान पकाएको दाल, बेलुकी खान खोज्दा गन्हाउँछ ।

उफ यो कोठाको जिन्दगी
हरेक क्षण यहाँ घरबेटी चिच्याउँछ ।
भाई धारा ठूलो नखोल ,भाई ट्वाईलेट गनायो,

भाई के को हल्ला हो ? भाइ ९ बजे गेट बन्द हुन्छ ।
अति धेरै पीडा छ हजुर कोठा बस्नुको ।
प्रत्येक पाईलामा होस पुर्याउनु छ,
किनकी सानो गल्ती भेटे
घरबेटीले भोलि पल्ट कोठा खाली गराउँछ ।

जसोतसो पढेर,
अनलाइन तिर जागिर खाएको छ
दिनभर समाचार लेख्दै बस्दा
बेलुकी ट्याम्पु भाडा नहुँदा
अढाई किलोमीटर हिडेकै छु !

के कुरा गर्नु, यो कोठाको
रित्तो चामलको टिन देख्दा, मुटु भक्कानिन्छ,
सब्जिमा तेलको दाउन नभइ,
आँसुको भुटुनले सब्जी पाक्दो हो त

सायद ,दिनहु मेरो चुल्होमा सब्जी पाक्दो हो ।
तर,
अफसोस तेलको अभावमा
कहिले आलु उसिनिन्छ त
कहिले साग तातो पानीमा तताईन्छ,
वाक्क लाग्छ, यो कोठे जिन्दगी देखेर

तलब थापेको दिन, म भन्दा धेरै घरबेटी रमाउँछ
किनकी तलबको आधा हिस्सा नै उसले लान्छ
अलकती पैसा ग्यास ले खान्छ
अति धेरै पैसा चामलले तान्छ ।

ए साच्ची तलब आएको दिन,
मेरो कोठाको कराई पनि रमाउँछ
उसले तेलको स्वाद पाउँछ
गनेर सिर्फ ६ छाक.. !

त्यसपछि त उही
आलु उसिनिन्छ
उही साग तताईन्छ तातो पानीमा
संगै उसिनिन्छन हरेक दिन कैयौं सपनाहरु
यसरी नै कोठा भित्र ,
महिना मर्छ अनि फेरी घरबेटी कराउँछ यसरी नै ...।

******************************************************************************************

                                                                      म मास्टर !
GANESH BK

म मास्टर !
ख‌ै के मास्टर ?
न सत्य बोल्न सक्छु
न साँचो खोल्न सक्छु
बस् , पढाउँछु
अक्षरहरू रटाउँछु
शब्दहरू घोकाउँछु
मान्छेका छोराछोरीलाई
भेडाबाख्रा बनाउँछु ।

धुजा परेको इतिहास
टालटुल पारेर पढाउँछु
खोइरो लागेको वर्तमान
ढाकछोप गरेर पढाउँछु
ढाँटैढाँटको खेती गर्ने
म मास्टर !

न माफिया र भ्रष्टाचारले
चुसिएको देशको कथा पढाउँछु
न हत्या र बलात्कारले लुटिएको
देशको व्यथा सुनाउँछु
बस् , पढाउँछु
मान्छेका छोराछोरीलाई
भेडाबाख्रा बनाउँछु ।

स्वदेशमै हराएका नागरिकलाई पढाउँछु
भोका, नाङ्गा , बुङ्गालाई
नैतिक , अर्ती सिकाउँछु
पिजडाका सुगाजस्तै
ज्ञानीगुणी बनाउँछु
मान्छेका छोराछोरीलाई
भेडाबाख्रा बनाउँछु ।

म मास्टर !
खै के मास्टर ?
न सत्य बोल्न सक्छु
न साँचो खोल्न सक्छु
बस् , पढाउँछु
मान्छेका छोराछोरीलाई
भेडाबाख्रा बनाउँछु ।।

 लेखक : गणेश विक साइपालपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर