tealaya add


विश्वका गरिव मुलुकहरुले पनि प्रविधिको सहज प्रयोग गरेका छन तर नेपाल विषेश सम्भावना भएको देश अाज पनि ठुला ठुला कुरा गर्दै काम विना चुनोैती दिदै अाईरहेका छन 
 

एसियाकै सबै भन्दा फितलो नियम कानुनको वास्ता नै नगर्ने एक मात्र राष्ट्र हो नेपाल कानुनी हिसाबले सबै भन्दा झन्जटिलो भए साथै यहाँ गैर कानुनी धन्दा चलाउमा पोख्त भईसकेको छन।केहि कर्मनिष्ट कर्मचारीहरु भएपनि तिनिहरुको अाखा छल्न सिपालु कर्मचारी देखि हाकिमसम्म खोज्न टाढा जानु पर्दैन। उदाहरण स्वरुप तस्करी संगै जोडिएका सम्बन्धित निकाय र सरोकारवाला जसले तस्करीलाई छुट र निर्दोशलाई कारबाहि गरेका छन।

जिम्मेवार ब्यक्तिहरुले थाहाँ नपाए जस्तो गरेपनि पक्कापक्की यिनिहरुको मिलोमतो विना कुनै पनि तस्करीहरु हुन सक्दैन भन्नेहरु धेरै छन संकाउपसंका गरेका छन यस्ता प्रविधि छन कि पर्स पकेटमा भएको विलेट कुनै धातु सियो मात्र हुदा पनि साईरन बच्छ भने किलाे का किलो सुन कोकिन कसरी तस्करी हुन सक्छ ? र कर्मचारीहरु किन थाहाँ नपाए जस्तो गर्छन? यो जनचासोको विषय हो संवेदनशिल क्षेत्र विमानस्थलमा खुलामखुल्ला तस्करी हुदा पनि यस विषयमा ध्यान नदिनुले अपराधका श्रृखलाहरु बढ्दोक्रममा छ ।यस विषयमा अनुगमन गर्दै अाएका विभिन्न निकाय जो अपराधअनुसन्धान कै निमित सरकारी तलबभत्ता पचाउदै अाएका छन विषेश टोलीहरु खटाईएको छ तर पनि यति सजिलै सुन लाघुअोैषध तस्कर हुदा अब अाम जनताले के बुझ्ने ? यसको उत्तर जनतालाई कसले दिने? जिम्मेवार को हुने? कहिले सम्म कानमा तेल हालेर अाखाँमा पट्टि लगाएर बस्ने ब्यबस्थापक हरु किन मोैन छन?

यो सरासर बिश्वकै खराव मध्यकाे एक त्रिभुवन विमानस्थलका घुसखोरी गर्ने कर्मचारीको कारण उचित ब्यबस्थापन नहुदा एउटै घटना पटक पटक दोह्रोरीरहेको छ देशको एक मात्र अन्तराष्ट्रिय विमानस्थल जहाँ विभिन्न प्रविधिका स्क्यान मेसिन जडान गरिएको जताततै सिसि टिभी जडान गरिएको र विभिन्न मेसिनदारा चेकिन गरिने ठाउमा दिन प्रतिदिन तस्कर हरु उम्कन सफल भईरहेका छन अथवा मिलेमतोमा उम्काई रहेका छन भने अन्य ठाउको के हालत होला? 

विश्वले हेरिरहेको छ नेपालको नितिनियम र तस्करीहुने वाटो सहजै सजिलै विना झन्जट पास गर्न सकिने त्यहि भएर त तस्करहरुले नेपाल लाई पोईन्ट बनाएर धन्दा चलाईरहेका छन तर हाम्रा कर्मचारीहरु भने के को दोैडदुप गरिरहेका छन कसरी अाखाँ चिम्लेर चेकिङ गरिरहेको छन त्यसको कुनै अनुगमन छैन तर विमानस्थलका ब्यबस्थापकिय ब्यक्तहरुले भने कडा चेक जाँच छ कारबाहि गरेका छोै भन्दा अलिकति लाज पनि मानिरहेका छैनन्

प्रत्यक्ष भएका घटनाहरुलाई पनि अझ ढाकछोप गर्न खोजिरहेका छन गल्ति गर्दा पनि विभिन्न बाहानबाजी लगाउने दोष जति अरुकै थाप्लोमा हालिदिने प्रवृती अझै स्थिर छ कहिले सम्म लुटपाट चल्ने हो र कहिले सम्म तस्करीलाई छुट दिने हो यो सरोकारवाला ब्यक्तिहरु जान्दछन ।कर्मचारीको यो अराजकता पुर्ण ब्यबहारले सेवाग्राहिले कहिल्यै शुलभ सेवा पाउदैनन् जब सम्म सहि ब्यवस्थापन हुदैन

सेक्युरीटी मजबुत भएको ठाउमा यसरी तस्कर सम्भब होला त?

त्रिभुवन विमानस्थलमा लगभग दुई चार सय कर्मचारीहरु खटिरहेका छन जो तस्कर नियन्त्रण सेक्युरीटी चेक जाच र सेवाग्राहीलाई सेवा दिन खटिरहेका छन तर सेवा दिने नाममा विमानस्थल बाट लुटिएका धेरै असंख्य ब्यक्तिहरु छन भने अाज सम्म कस्तो खालको सेवा दिईरहेको छ।

बर्षै पिच्छे विमान स्थलको लागि करोडोै बजेट छुट्याईन्छ त्यो कहाँ के मा लगानी भईसहेको छ देश विदेश घुमिरहने हाम्रा सांसद मन्त्रीज्यू हरुले त प्रविधि देख्नु भएकै छ कति सरल तरिकाले सेवाग्राहिले सेवा पाईरहेका हुन्छन।तर हाम्रो सन्दर्भमा हेर्ने हो भने सबै भन्दा पिछाडी जतातलै हुलदुङ गर्दै ठेलामठेल तछाडमछाड गर्नु पर्ने अबस्था अझै कायम छ ।

अनि हाम्रा मान्यहरु तर्क वितर्कले विश्व चकित वनाउछन जादुका कुरा गर्छन रातरात देश समृद्द बनाउने सपनामा कल्पिन्छन तर काम भने पट्टकै गर्दैनन् त्यस्तो कुनै ठुलो परिवर्तन को अाशा गर्दैनन् जनताहरु मारमा परेका छन साना साना कुराहरुको सुधार मात्र भए पनि जनता खुसिहुने थिए र महोदय,मान्यहरुलाई हाईहाई का साथ सलाम गर्ने थिए ।तर कर्मचारी हरु मा कुनै जोस जागर योजना छैन मात्र दिन कटाउन घाम ताप्न चिया कफि पिउन कार्यलय धाएका छन ।विमानस्थलका घटनाहरु केहि बाहिर अाएका छन सेवाग्राहि लाई सेवा दिनुको साटो ईन्टरनेट चलाउदै गरेका घटना पटकपटक सञ्जालमा अाए सरोकारवाला निकायहरुलाई भने कुनै वास्ता छैन ।

हाम्रा कर्मचारीहरुको लोभ लालच घुस पेटका कारण विश्वका अपराधिहरुले नेपाललाई प्रयोगशाला बनाएको छ यसरी प्रयोग गरेका छन मानव तस्कर देखि अवैध कारोवार नेपाल ट्रान्जिट हुदै युरोप पुर्याएका छन यो प्रमुख घटना हुन सुन तस्कर देखि अबैध ड्रग्स कोकिन हुदै मानव तस्करका काम हरु विना झन्जट तस्कर गर्दै अाएका छन ।

विमानस्थलका फितलो कर्मचारी नियमले गर्दा निर्दोशहरु चपेटामा परेका छन उल्टै लुटिएका छन भने तस्करहरुले छुट पाएर दिन दिनै कालो धन्दा चलाईरहेको छ यो कुरा कर्मचारी देखि हाकिम सम्म जानकारी छ तर यहाँ कसैले कसैलाई पोल खोल्ने स्थिती छैन किनकी त्यसको रसपान तलदेखि माथी सम्मका टिमले गर्दैअाएको छ।

हो हरेक घटनामा कोहि न कोहि ब्यक्ति संलन नभई त्यस्ता तस्करीका काम हुन सक्दैन यो गंम्भिर विषय हो यहाँ सोझा साझा जनता विमानस्थलमा ठगिने तर अपराधिहरु सजिलै उम्कने यथार्थताले सजिलै अनुमान गर्न सकिन्छ कोहि न कोहि ब्यक्तिले सहज बनाई दिएको छ हैन भने प्रत्यक दिन क्विन्टलका क्विन्टल लाघुअोैषध कसरी पास भएर जान सक्छ केहि उदाहरणका घटना सुराकी को अाधारमा थाहाँ पाउनुले कमिसनको होडबाजीले डिलीङ नमिल्दा बाहिर खुल्न अाएका हुन यो सबेैले सजिलै अनुमान लगाउन सक्छन ।

यो कुनै नोैलो विषय होईन ब्यबस्थापन फितलो हुनु नियमको पालना नगर्नाले दिन प्रतिदिन यस्ता घटना बढ्दै गएका छन संम्बन्धित निकायको सुस्त काम गर्नै शैली अनुगमनको अभाब ले त्यहाँका कर्मचारीले मनपरी तवरले लुटिरहेका छन ।


अन्तराष्टिय कुख्यात अपराधी चाल्स सोभराजले भनेका थिए,रे त्रिभुवन बिमानस्थलबाट हात्ती पनि छिराउन सक्छु।' साच्चिनै जताततै दलालीहरुले भ्वाङ पारेर उदाङ्गो बनाएको त्यो बिमानिस्थलबाट हरेक अबैध र गैरकानुनी चिज सजिलै संग छिराउन कसले मदत गरेको छ कर्मचारी अथवा अन्य कसलाई प्रयोग गरिएको छ भन्ने तर्कहरु धेरै अाएका छन

यो सन्दर्भले देखाउदछ विमानस्थलका कर्मचारीहरुले हात्ति हिडेको पनि देख्दैनन् र सुन्दैनन् यिनिहरु मात्र सेवा भन्दा पनि लुट्ने धन्दामा छन भन्न सकिन्छ ।

विमान स्थलमा कर्मचारी बाहेक भित्र छिर्न कसैलाई अनुमती छैन वेलाबखत देख्ने गर्छोै विना पास्पोर्ट भित्र ब्यक्तिहरु छिराएको हुन्छ र अाफु जोगिने बाहाना बाजीमा अरुनै ब्यक्तिलाई घटनाका संलगन गराएको देख्न सकिन्छ यो सबै विमानस्थलका लुटेरा कर्मचारीहरुको कारण भईरहेका छन ।

सर्वसाधरणको नाममा भने नियम नै नियम टाउकोमा थोपारीदिएर सर्वशुलभ सेवा लिन बाट पनि झन्जट बनाई दिएको छन यताँ उताँ माथी तल भन्दै समय बर्बाद गरिदिएको घटनाहरु यहाँ सब्दमा ब्यक्त गर्न सकिदैन ।


महोदय,मान्य घुसखोर लुटमार कर्मचारीहरुलाई कानुनको कठघरमा ल्याएर कडा कारबाहि गर्न पाए सेवा ग्राहिले केहि सहज महशुस गर्ने थिए कि ! यो तस्करमा हात हुने हरुलाई अाखाँ चिम्लेर जेल कोच्न पाए पक्कै पनि प्रविधिको सहि उपयोग हुने थियो होला यहाँ भएका प्रविधिलाई पनि उपयोगमा ल्याएको छैन यस्तो फितलो सिस्टम विश्वका कुनै पनि विमानस्थलहरुमा छैन तर हाम्रो देशमा भने नियमका उलङ्घन गर्नेहरु लाई छुट भईरहेको हुदा एउटै खालको घटना पटक पटक दोहोरिन्छ..।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...