tealaya add

oli kantipath

कुनै पनि देशकाे नागरिक भए पछि त्यस देशकाे नियम कानुन मान्नु नागरिक कर्तब्य भित्र पर्दछ । देश भित्रकाे ब्यबस्था वा राज्य संचालनकाे लागी सबै देशमा साे देशकाे कानुन अनुशारकाे सरकार बनेकाे हुन्छ । सरकार वा राज्यकाे मुल काम भनेकाे आफ्ना नागरिककाे जिउधनकाे सुरक्षा सहित जीवनयापनकाे न्यूनतम सुबिधा उपलब्ध गराउनु हाे । 

सरकार वा राज्यले यी निर्देशित जिम्मेबारी पुरा गर्न श्राेत जुटाृनु पर्ने हुन्छ र यस्काे लागी कानुन बनाइन्छ । राज्यले आफ्नाे भाैगाेलिक सिमा भित्र रहेका प्रकृतीक श्राेत परिचालन, आन्तरिक कर र बाह्य ऋणबाट श्राेत जुटाएर आफ्ना नागरिककाे बृहतर हितहुने गरि कार्यक्रमहरू संचालन गर्दछ । 

राज्य भित्र बस्ने हरेक नागरिककाे कर्तब्य र दायीत्व भित्र सरकारले ताेकेकाे कर तिर्नु पनि पर्दछ । कुनै उध्याेग ब्यबसाय वा सेवा संचालन गरि आय आर्जन गरि साेमा लागेकाे खर्च कटाइ बाँकी रहेकाे खुद आय(बचत)मा राज्यले केहि प्रतिशत कर बापत उठाउछ । यस्ताे रकम देशकाे बिकाश निर्माण र जनहितकाे काममा खर्चिनु पर्दछ । हाम्राे देश, नेपालमा याे करकाे दर ३०  प्रतिशत सम्म छ । याे बाहेक पनि अन्य दैदस्तुर उठाउने गरिन्छ ।

कर तिर्ने हरेक नागरिककाे चाँहना आफुले तिरेकाे कर रकमकाे सदुपयाेग हाेस भन्ने नै हुन्छ । अझ बिदेशमा घुमेर आउने हाेस वा ब्यबसाय गरेर आउनेमा आफ्नाे देश पनि अरू बिकशित राष्ट्र झै हाेस भन्ने चाहाना झनै तिब्र हुनु स्वाभाबिक नै हाे ।  जब यस्ता ब्यबसायी वा करदाताले आफुले तिरेकाे करकाे सदुपयाेग भएकाे पाउदैनन् वा देख्दैनन् तब यिनीहरूमा तिब्र निराशा छाउन थाल्छ ।

राज्यले पुरा गर्नु पर्ने दायीत्वहरू पुरा नगरेकाे, न्युनतम नागरिक सुबिधा उपलब्ध गराउन नसकेकाे अबस्थामा नागरिकले आफ्नाे भबिष्य अन्धकार देख्न थाल्दछ । यस्ताे अबस्थामा करदाता आफुले कर तिर्नुकाे आैचित्य खाेज्न थाल्दछ । सरकारबाट सामाजिकरूपमा सुरक्षित नदेखे पछि आफ्नाे सुरक्षा गर्ने बाटाेमा आफै लाग्दछ ।

आम नागरिककाे चाँहाना भनेकाे आफ्नाे संततीकाे गुणस्तरिय शिक्षा, गुणस्तरिय स्वास्थ सेबा, राेजगारीकाे स्वतन्त्र अबशर र बृद्धाबस्थाकाे आर्थिक सुरक्षण नै हाे । नेपालमा यि सेबाहरूकाे कुन अबस्था छ, यहाँ उल्लेख गरिरहनु नपर्ला । चिल्ला सडकमा स्तरिय सार्वजनिक सवारी साधनमा यात्रा गर्ने, सरकारी कार्यालयमा छिटाे छरिताे सेवा पाउने त दीवा सपना मात्र हुन, नेपालीकालागी ।

श्राेतकाे चरम दुरूपयाेग, अनियन्त्रीत भष्ट्राचार, नाताबाद कृपाबादकाे बाेलाबाला, नेताहरूकाे हालिमुहाली जस्ता बिकृतीले आम जनतामा चरम निराशा श्रृजना गर्दछ । यस्काे परिणती उ बिद्राेही बन्न जान्छ र राज्यका कानुनहरूकाे सिमाहरू भत्काउन थाल्दछ । आफुले साेचे जस्ताे सुरक्षाकाे अनुभूती र सेबा सरकार संचालकबाट नपाउदा नागरिक आफ्नाे जाेगाड आफै गर्ने बाटाेमा हिडछ । यदी यस्ता नागरिक करदाता पनि रहेछन भने उ कर बचत अभियानमा सामेल हुन्छ ।

आफ्नाे जाेगाड आफै गर्ने तरिका अनेक छन, तर यहा प्रशंग कर छलीकाे मात्र उठाउन खाेजिएकाे हाे । याे शब्दलाइ शभ्यरूपमा कर बचत भनिएकाे छ । कर दाताले आफुले तिरेकाे कर मेरै भबिष्यकाेलागी हुन्छ भन्ने साेचेर नियमित कर तिरिरहेकाे हुन्छ । तर जब ब्यबहारमा यस्ताे पाृदैन तब उ कर बचतकाे बाटाे राेज्दछ, याने उसलाइ सरकार वा राज्य संचालक प्रति बिश्वाश रहन्न । राज्य संचालक प्रति करदाताकाे बिश्वाश गुम्नु भनेकाे ब्यबस्था फेल हुनु हाे ।

ब्यबस्थाले सारकार वा राज्य संचालक जन्माउछ र तेहि राज्य संचालक वा सरकारकाे कामका कारणा ब्यबस्था सफल अशफल हुन्छ । याे प्रकृया पुराणमा बर्णीत माहादेब र भष्माशुरकाे कथा संग मिल्दाे जुल्दाे छ । सत्य लेख्नु पर्दा नेपालकाे बर्तमान अबस्था पनि भष्मासुरकाे कथा भन्दा भिन्न छैन ।

नागरिकमा राजनिती र राजनितीज्ञ प्रती बितृष्णा छ । देशकाे लथालिँग तालले चरम निराशा ब्याप्त छ । बिकाश खर्चकाे तुलनामा साधारण (तलबभत्ता) खर्च बढी छ । आन्तरिक श्राेतबाट बिकाश निर्माणकाे काममा सुकाे खर्च गर्न सक्ने अबस्था छैन । भ्रष्ट्राचारले संस्थागतरूप धारण गरेकाे छ । सरकारी कार्यालयमा रकम अगाडी नबढाइ फाइलले पाइला सार्ने अबस्था छैन । अरू कुब्यबस्थाकाे त के लेखिरहनु र ।

प्रसंग फेरि कर बचत कै- सामाजिक संजालमा आज एक डाक्टरकाे चरम निराशा बिच प्रधानमन्त्रीका नाममा पत्र लेख्नु भएकाे भेटियाे । साे पत्रकाे भावानुबाद र जस्ताकाे तेस्तै स्टाटस पाेस्ट पाठकहरूकाे अध्ययनार्थ राखेकाे छु ।

  व्यावसायिक डाक्टरले प्रधानमन्त्री ओलीलाई लेखेको पत्र.

📝📜 * किन नेपालीले कर तिर्न विरोध गर्छन्?*

नेपालीले कर तिर्न विरोध गर्ने, राेचक बिचार, प्रधानमन्त्रीलाई खुल्ला पत्रमा _.

प्रिय ओलीजी_ 
हामी इमानदार नागरिक, हाम्रो सरकार - केन्द्रीय र प्रदेश को बारेमा के साेच्दछाै ।
ब्यबसायी र ब्यापारी को तर्फबाट, म तपाईंलाई केही तथ्य पठाउँदै छु.._
कृपया बुझ्ने प्रयास गर्नुहोस् _.
हामी कर ' "चोरि" गर्दै छैनौ... यो कर बचत हो (अलि अटेरी पनि)._
यो काम हाम्रो परिवार, बच्चाहरु र उनीहरूको भविष्य को सुरक्षा सुनिश्चित गर्न हो._
1.  हामी हाम्रो घरमा जेनेरेटर / इन्भर्टर किन्याै, किनभने सरकार स्थिर बिजुली प्रदान गर्न असफल भयो._
2. हामीले पानी तान्ने मेसिन जाेड्याै, किनभने सरकार पानी उपलब्ध गराउन असफल भयो.।
3. हामी आफ्नै सुरक्षा गार्ड ज्यालामा राख्याै किनभने सरकार सुरक्षा प्रदान गर्न असफल भयो.।
4. हामी हाम्रो बच्चाहरूलाई निजी विद्यालयमा पठाउछाै, किनभने सरकारले सार्वजनिक विद्यालयमा राम्रो शिक्षा प्रदान गर्न असफल भयो ।
5. हामी निजी अस्पतालमा उचित हेरचाह र उपचार गराउन लाग्यौं, किनभने सरकारले राम्रो सार्वजनिक अस्पताल प्रदान गर्न असफल.भयाे
6. हामीले गाडी किन्याै किनकी सरकार. राम्रो सार्पजनिक यातायात प्रदान गर्न असफल भयो.।

अन्ततः.., के कर तिरेर अबकाशका दिनमा जब हामीलाई बाँच्न धेरै आवश्यक हुन्छ, तव हामीले के पाउछाै?
केही पाउदैनाै, सामाजिक सुरक्षा छैन ।
तर उस्ले कडा परिश्रम गरेर कमाएको आय स्रोत सरकारले कुनै पनि कर नतिर्ने समूहहरूलाई "नि शुल्क भोट" किन्न, कल्याणकारी योजनाको नाममा कृषकलाइ र दान वितरण गर्न सरकारले प्रयोग गरिरहेछ ।
मुख्य कुरा सरकारले हाम्रो (कर) पैसाकाे के गर्छ त?
अदालत खाेल्छ जसले न्याय दिदैन । 
नेताकाे मात्र काम गर्ने र नागरिकको रक्षा नगर्ने प्रहरी चौकी खोल्छ 
हामीलाई राम्रोसँग उपचार नगर्ने अस्पताल खोल्छ ।
40-100 % खर्च भ्रष्टाचार गरेर बेकार मा जाने बाटाे निर्माण गर्छ ।
अनन्त सूचीहरू छन...
पस्चिमा प्रजातान्त्रिक सरकारले झै माथी लेखिएका सबै सेवाहरू उपलब्ध गराउन सके, किन कसैले कर चाेरी गर्छ?_
हामी सबैलाई थाहा छ कि हामी बाट संकलन भएको कर राजस्व सरकारी कर्मचारी र नेताहरूकाे लागि खर्च भएको छ (अरबौ डलर विदेशी बैंकमा थन्क्याइका छन्)._
एक उत्पादकले 2 % देखि 10 % सम्मको मार्जिनमा काम गर्दछ, जबकि सरकारले आफ्नाे खर्च धान्न साेही उत्पादककाे आम्दानीको 30 % लिन्छ । के याे उचित छ?
त्यही कारण कर तिर्न कसैले चाहादैनन्।
हामी हाम्रो परिबार,आफ्नाे बृद्धाबस्था, आफ्नाे आर्थिक सुरक्षा,आबश्यकताकाे लागी कर बचाउछाै। यो अबस्था भनेकाे सरकारको असफलताको संकेत हो । 
यो सरकारकाे काम हो ब्यबस्थापन गर्न नसक्नुमा सरकार एक्लै यसको जिम्मेवार छ ।
यही "कर बचत"बाट हरेकले आफ्नाे सुरक्षाकाे लागि दैनिक ठुलाे रकम जम्मा गर्छन ।
अब, खुल्ला मनहरु बाट हामी अगाडि आउने छौ.
मेरो प्यारा साथीहरू, ।
यदि तपाईं यो बिचारमा सहमत हुनुहुन्छ भने, सरकारले महशुस नगरे सम्म यस म्यासेजलाइ अगाडि बढाउनुहोस् ।
हामी यो अगाडि बढाउने मात्र होइन, अब समय आएको छ हामी सबै बिषयमा खुलेर छलफल गराै र आफ्नाे राय कडा / निर्धक्क राखाै ।
* यो सन्देश जति सक्दाे ब्यापक रूपमा र सकृय रूपमा प्रबाह गराै ताकि हाम्रो सामान्य हितको लागि सरकारकाे ध्यानाकर्षण हाेस ।

राज्यकाे स्थायीत्व र सरकार छ भन्ने अनुभूती गराउन पनि यस्ता निराशा र बिद्राेहका स्वरहरूलाइ यथासक्य चाँढाे सम्बाेधन गरिनु पर्दछ । भष्माशुरले महादेबलाइ खरानी बनाउनु अगाडी नै महादेबले देबहरूकाे सहयाेगमा मुक्ती पाए झै हाम्रा राज्य संचालकहरूले अन्य देबहरूकाे सहयाेग लिनु पर्ने अबस्था उन दिनु किमार्थ उचित हुन्न । समय छदै चेताै ।

इच्छा खडका, हेटाैडा

fbpost kantipath min

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...