annapurna add

प्रेम र अनुराग सबै भन्दा कोमल र मधुर भाव हुन् । मानब जीवनमा जसरी तनलाई भोजनको आवश्यकता हुन्छ त्यसरि नै दिललाई पनि प्रेमको प्यास हुन्छ ।

yasoda karki होला प्रेममा स्वार्थ हुन्छ, शङ्का हुन्छ तर त्यस भन्दा ठुलो जन्माउन सके विश्वाश हुन्छ । प्रेमको न कुनै ओजन हुन्छ, न कुनै आकार न त कुनै प्रकार नै हुन्छ । यसलाई त हामीले बुझ्ने तरिकामा ब्यक्त गर्न कोशीस मात्र गर्छौ । त्यसैले त प्रत्येक ब्यक्ती पिच्छे नै प्रेम ब्यक्त गर्ने वा प्रेम उजागर गर्ने तरिका फरक हुने गर्दछ । भनिन्छ प्रेम सदैब सकारात्मक हुनुपर्दछ । त्यसैले त प्रेमले मानिसलाई उर्जा, उत्साह र प्रफुल्लित बनाउने गर्दछ । जब कसैले जीवनमा पहिलो पटक प्रेमित भएर हेर्छ त्यही बेला आफुलाई जीवनको मुल्य बुझ्न सजिलो हुने गर्दछ ।

मलाई लाग्छ प्रेमको उचतम बिन्दु हो सेक्स जहाँ प्रेमीहरु एकसाथ एक अर्कामा प्रेमको समर्पण भाव पोख्ने गर्दछन् । प्रेमलाई सेक्ससँग भन्दा पनि श्रृजनासँग जोढ्ने हो भने अझ बढि आत्मिक आनन्द हुनेछ । प्रेम दुई आत्माको मिलन हो जुन सहजै नहुन सक्छ । तर सेक्स मात्र दुई शरीरको मिलन हो जहाँ जतिबेला पनि हुन सक्छ । त्यसैले प्रेम र सेक्स अलग पाटा हुन् प्रेम भएको मानिससँग सेक्स नहुन सक्छ सेक्स भएको मानिससँग पनि प्रेम नहुन सक्छ । त्यसैले त सेक्स सबैले गर्दछन् तर प्रेम गर्नका लागि भने पवित्र आत्मा नै चाहिन्छ । त्यसकारण प्रेम सुन्दरताको शाश्वत रूप हो ।

जीवनमा प्रेमको सुरुवात भएको महसुस गर्न थाल्ने हो भने कतिपय मन भित्रका निरासाहरु हट्दै जान्छन् । प्रेम बिनाको जीवन खोक्रो रुख झैं हुन्छ । प्रेमको अभावमा न कुनै उत्प्रेरणा, न त कुनै जागुरकता नै पैदा हुन्छ फगत निरस तनभित्र मनमा अमनचयन हुँदैन । प्रेमले मानिसलाई कर्तब्यवान, निस्ठावान सफल तथा असफल बनाउँदछ तर प्रेमलाई आफु अनुकुल मात्र नभएर अरुको हितमा समर्पित गर्नु जरुरी हुनेछ । प्रेममा अहङ्कार शान्त बनाउन सक्ने तत्व लुकेको हुन्छ । जीवनको आफैँमा कुनै अर्थ छैन तर प्रेमले जीवनलाई सार्थक अर्थमा जिउन लायक बनाउदछ । अशान्त मनलाई शान्त्वना दिने, छटपटाएको दिलमा मल्हमपट्टी लगाउने र रोएको आँखालाई हृदय देखिनै हसाउन सक्ने तागत प्रेममा हुन्छ । सत्य हो, संसारमा थोरै कुराहरु छन् जो गुमेपछि फर्केर कहिल्यै आउँदैनन् त्यस्तै प्रेम पनि गुमाए पछि फर्केर कहिल्यै आउँदैन आँफै रित्तिएर जिउनुको बिकल्प हुँदैन । प्रेमलाई प्राप्तीसँग जोडिनु चै अत्यन्त दुस्खत कुरा हो । आजकाल प्रेमलाई अंकगणितमा मुल्याङ्कन गरिन्छ त्यसैले त हिसाब नमिल्दा प्रेमको लेखजोखा शुरुहुने गरेको छ हाम्रो समाजमा । प्रेममा सबै सम्मानित हुन पाउँनुपर्दछ । प्रेमको संसारमा कोही ठूलो र कोही सानो भएको भान हुनु हुँदैन । त्यसैले प्रमी स्वभाव भएका मानिसको संसार हार्दिकतापूर्वक र सुखमय हुन्छ ।

आज जसरी जवान युवायुवतीको बीचको सम्बन्धलाई मात्र प्रेम मानिएको छ यसले प्रेमको क्षेत्र साँघुरो बनाउनुको साथै प्रेममा नकारत्मकता बाँढ्दै गएको छ । प्रेमलाई मात्र दुई युवायुवतीबीचको क्षणिक आकर्षण नबनाएर यसलाई जीवनतः तुल्याउने एक तत्वको रुपमा लिनु जरुरी हुन्छ ।

प्रेमको कुनै ठोस परिभाषा लाउन धेरै गार्हो कुरा हो यद्यपी कसैको सानीध्यता चाहनु, कसैलाई बारम्बार मनले खोजिरहनु, आफ्ना भावनाहरुलाई जस्ताको तस्तै उसैसँग साट्न चाहनु नै एक अर्कामा प्रेम भएको महसुस गर्नु हो या प्रेम हुनु हो । वास्तविक प्रेम त मान्छेले आफ्नो बोली, व्यवहार, विचार आदिका माध्यमले अनुभूत गर्ने विषय हो । भनिन्छ प्रेम मनका सारा अँध्यारा र अफ्ठ्यराहरुलाई नासगरी आन्तर हृदयको आनन्दको उज्यालो सिर्जना गर्ने जून हो । तर आज जसरी जवान युवायुवतीको बीचको सम्बन्धलाई मात्र प्रेम मानिएको छ यसले प्रेमको क्षेत्र साँघुरो बनाउनुको साथै प्रेममा नकारत्मकता बाँढ्दै गएको छ । प्रेमलाई मात्र दुई युवायुवतीबीचको क्षणिक आकर्षण नबनाएर यसलाई जीवनतः तुल्याउने एक तत्वको रुपमा लिनु जरुरी हुन्छ । प्रेममा कुनै आकार-प्रकार, सानो ठूलो, राम्रो नराम्रो केही हुनु हुँदैन। मात्र हुन्छ त आवश्यकता, विश्वास, स्वार्थ, समर्पण र आनन्द। त्यसैले त एउटा निर्दोष शिशुलाई आफ्नो आमाको स्तन कालो या गोरो छ केहि पत्ता हुँदैन तर पनि ऊ सन्तुष्ट हुन्छ।

साँच्चिकै भन्ने हो भने प्रेम गर्नलाई कुनै विशेष दिनको आवश्यकता पर्दैन र प्रेम यो दिन यो ठाउँमा र यो व्यक्तिसँग गर्छु भनेर सायद हुँदैन। यो त अन्तर आत्माको विजारोपण हो। जिन्दगी जिउने सवलमा धेरै मानिसहरुसँग संगतमा पुगिन्छ तर धेरै कम मानिसलाई मात्र दिलले अपनत्वको महसुस गर्छ यानिकी आफ्नोपनको महसुस गर्छ शायद यही होला प्रेम । वास्तबमा प्रेम कसैको रुप, दौलत र शरीरसँग हुँदैन यदि हुन्छ त उसको भावना, ब्यवहार र बिचारसँग त्यसैले त सबैलाई सबै मान्छे मन पर्दैन र जीवनमा जोडिएका सबै मान्छेसँग प्रेम हुँदैन ।

प्रेमको चाहना आफ्नो ब्यक्तित्व, स्वभाव र जीवनसैली अनुरुपकै हुने गर्दछ । आजको यो दुनियाँमा प्रेमलाई सेक्ससँग जोडेर मात्र पूर्णताको महसुस गर्ने गरेको पाईन्छ । तर प्रेमलाई सेक्ससँग मात्र जोडिनु चै आवश्यकताको पुर्ती गर्नु मात्र हो जसले हाम्रो समाजलाई दुर्गन्धित बनाउँदै लगेको छ । हो प्रेमको एउटा सानो हिस्सा त पक्कै हो सेक्स तर जस्ले सेक्सकै लागि प्रेम गर्दछन् उनीहरुले क्षणिक आनन्द त प्राप्त गर्लान् जस्ले जीवनतः तुल्याउन सक्दैन प्रेमलाई । मलाई लाग्छ प्रेमको उचतम बिन्दु हो सेक्स जहाँ प्रेमीहरु एकसाथ एक अर्कामा प्रेमको समर्पण भाव पोख्ने गर्दछन् । प्रेमलाई सेक्ससँग भन्दा पनि श्रृजनासँग जोढ्ने हो भने अझ बढि आत्मिक आनन्द हुनेछ । प्रेम दुई आत्माको मिलन हो जुन सहजै नहुन सक्छ । तर सेक्स मात्र दुई शरीरको मिलन हो जहाँ जतिबेला पनि हुन सक्छ । त्यसैले प्रेम र सेक्स अलग पाटा हुन् प्रेम भएको मानिससँग सेक्स नहुन सक्छ सेक्स भएको मानिससँग पनि प्रेम नहुन सक्छ । त्यसैले त सेक्स सबैले गर्दछन् तर प्रेम गर्नका लागि भने पवित्र आत्मा नै चाहिन्छ । त्यसकारण प्रेम सुन्दरताको शाश्वत रूप हो ।

धर्तीको विशालता र व्यापकता प्रेमका विशेषता हुन् । जसरी लाखौं मानिसले थुक्दा, कुल्चँदा र अपमानित तुल्याउँदा पनि धर्ती चुपचाप, शान्त र स्थिर रहन्छ । प्रेमलाई जीवनमा उतारेका मानिसहरू पनि त्यस्तै हुन्छन् । जहाँ लिन होइन दिन खोजिन्छ, त्यहाँ सदैव शान्ति र स्थिरता कायम हुन्छ ।

मानव प्रेममा कहिल्यै किन्तु परन्तु हुनु हुँदैन, हुनुर्दपर्छ त केवल त्याग र समर्पण ! मानव प्रेममा बन्धन नभएर, स्वतन्त्रता हुनुपर्दछ । प्राप्ति नभएर, त्याग हुनु पर्दछ। हार नभएर जित हुनुपर्दछ । मृत्यु नभएर मुक्ति हुनु पर्दछ । आँखाको आकर्षण केही समयपछि सकिएला तर चोखो मायामा एकले अर्कोप्रति गरेको सद्भभावपूर्ण समर्पणको अनुभूत युगयुग अमर रहनेछ । संसारका सबै प्राणीहरुबिचमा मायाको शीतल आँचल लहराई रहनुपदर्छ । प्रेम बाँढेर त हेरौ यो अझै बढ्ने छ । यसलाई फैलाएर त हेरौं यो झनै फैलने छ । प्रेम बाँढेर सधैं प्रेमिल जीवन बाँचौ ।

ह्यप्पी भ्यालेन्टाइन डे प्रेमानन्द !!

यसोदा कार्की (suryakhabar )

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...