1478958692 banner ad format

 
 

नेपाल प्रहरीका विवादास्पद नायव प्रहरी महानिरीक्षक (डिआइजी) नवराज सिलवाल नै पहिलो यस्तो व्यक्ति हुन, जसरी प्रहरी संगठनभित्र पनि सेलिब्रेटी बन्न सकिन्छ भनेर उदाहरण प्रस्तुत गरे । चर्चामा आउने मोहसँगै उनले एकपछि अर्को गल्ति गर्दै गए । प्रहरीमा सिस्टमले भन्दा पनि आफूले काम गरेको भनेर देखाउन लालयित हुँदै गए । त्यो लालसाले सिलवाललाई एकपछि अर्को गल्ति गर्न प्रेरित गर्यो ।

Police controversial Nabaraj silwal

उनीसँगै लामो समय काम गरेका एक प्रहरी अधिकारी भन्छन– एकतर्फी समाचारहरु आउँदा साच्चै सिलवाल ठिक मान्छे हुन कि भन्ने लाग्नु स्वाभाविक हो । तर यथार्थ हामीलाई थाहा छ नि । जबसम्म सिलवाल हनुमानढोका (तत्कालिन काठमाडौं प्रहरी परिसर रहेको ठाउँ–हाल टेकुमा सरेको छ)मा आउनुअघिसम्म उनलाई खोट लगाउने कुनै ठाउँ छैन । उनको काम र योग्यतामा प्रश्न गर्ने अवस्था थिएन ।

उनको क्षमता अहिलेका उनका प्रतिस्पर्धी जयबहादुर चन्द र प्रकाश अर्यालको भन्दा बढि छ । तर उनले त्यो क्षमतालाई सही ढंगले सही कामको लागि प्रयोग गर्न सकेनन् । जब उनी हनुमानढोकाको प्रमुख भएर आए, तब उनमा बिचलन आयो । केही मिडियासँग सम्वन्धित, केही बाहिरका मानिससँग बस्ने, खाने, पैसा उठाउने, कसरी प्रचारमा आउन सकिन्छ ? भनेर काम गर्न सुरु गरे । जोजो संगतमा आएका थिए, तिनलाई ख्वाउन पिलाउन पैसा चाहिएपछि सिलवाल पैसा उठाउन थाले ।

अशुलीका लागि उनी आफै संलग्न नभएर केटाहरु पठाउने, तर्साउने काम गर्थे । यो भनेको पहिलो संविधानसभापछिको कुरा हो । त्यतिबेला उनी एसपी थिए । पैसा उठाउनेमा राजु भन्ने केरकारमा काम गर्ने व्यक्ति थिए, जसले सिलवालको अशुली धन्दामा कोर टिममा काम गर्थे । उनी सरुवा हुँदा पनि केरकारबाट हुनुमानढोका फेरि केरकारमा हुन्थ्यो । त्यहाँभन्दा बाहिर पछि भ्रष्टाचार मुद्दा उनको जागिरसमेत गयो । राजुले दर्जनौ व्यापारीहरुसँग पैसा उठाएका घटनाहरु प्रहरी मुख्यालयसम्म पुगेर संगठन नै बदनाम हुने अवस्था भएपछि माथिबाटै उनलाई जागिरबाट हटाउने योजना बनेको थियो ।

सिलवालको रणनीति अरुको भन्दा फरक थियो । उनले हनुमानढोका र त्यसपछि जहाँ जहाँ सरुवा भए, त्यहाँ कहिल्यै पूरानो ठाउँमा काम गरेकालाई लाने गर्दैन्थे । सरुवा भएर गएपछि आफूलाई उपयुक्त लागेको निश्चित प्रहरीहरुलाई उनले आफ्नो भित्री मिशनमा खटाउँथे । ती बाहेक अरुलाई उनको बारेमा खासै जानकारी दिइन्नथ्यो । आफूलाई उपयुक्त मानिस पहिलान गर्ने उनको आफ्नै शैली थियो । हनुमानढोकामा आएपछि सिलवाल एकपछि अर्को घटनामा हिरो बन्दै गए ।

हनुमानढोकाभित्र भइरहेका चलखेल र अपराधिक क्रियाकलाप कसैले देखेन । बाहिर भने उनले पपुलिष्ट कामहरु गर्दैगए । पुलिस पनि जनतामार्फ लोकप्रिय हुन्छ भनेर सुरुवात गर्ने सिलवाल नै हो । सिलवाललाई जब सबैले वाईवाई गर्दै गएपछि उनलाई त्यही अनुसार आफ्नो पपुलारिटी जोगाउन खर्च गर्दै जानुपर्ने भयो । मानिसहरुले घेर्न थाले । पछि लाग्नेहरुलाई पाल्नु पोस्नु पर्ने भयो । त्यसका लागि सतहभन्दा मुनी सिलवालले अरु कामहरु गर्न थाले । नेताहरुलाई भेटन थाले । न्यायधीसहरुलाई भेटन थाले । प्रशासकहरुलाई भेटन थाले । पत्रकारहरुलाई ल्याएर आफूले गरेका काम र योजनाहरु सुनाउन थाले ।

सिलवालले पैसा ब्याजमा लगाउन थालेको हनुमानढोकामा हुँदैदेखि हो । जब पैसा आउन थालेसँगै चर्को ब्याजमा क्यासिनो ब्यापारीदेखि लाहुरेसम्मलाई लगाउन थाले । आफ्नो मात्रै पैसा लगाएनन् । थुप्रै नेतादेखि न्यायधीस, कर्मचारी, व्यापारीसम्मको पैसा मिटर ब्याजमा लगाउँथे । त्यो पैसा उठाउन प्रहरी कै जावनदेखि गुण्डाहरुसम्मलाई सिलवाल पठाउँथे । त्यो भोलिका दिनमा अनुसन्धान गर्दा सबै खुलिहाल्छ, स्रोत भन्छ– त्यो उनले किन पनि गरेका होलान भने भोलि आइजिपी हुनुपर्छ ।

त्यसका लागि पनि आफ्नो पक्षमा ठाउँ ठाउँमा मान्छे चाहिन्छ भन्ने होला । विशषगरी सरकारी सेवामा रहेकाहरुको पैसा ब्याजमा लगाइदिने र इमान्दारितापूर्वक उठाइदिने भएकाले तिनीहरुको नजरमा सिलवाल इमान्दार व्यक्ति देखिन्थे । अर्कोतर्फ उनले सोही आर्थिक कारोबारमार्फत उनीहरुलाई आफूप्रति लोयल बनाउँदै लगेका थिए । यता कतिपय व्यापारीदेखि ब्रिटिस लाहुरेहरुसँग ब्याजमा लगाइदिने भन्दै मागेको पैसा फिर्ता नपाएकाहरु अहिले पीडित भएर बसेका छन् ।

सिलवालसँग कारोबार गर्ने र उनको अन्धभक्त भएर समर्थन गर्नेमा पूर्वगृहमन्त्री, पूर्वमुख्यसचिव, केही सहसचिव र न्यायधीससम्म छन् । उहाँहरुको नाम अहिले नै नभनौं, यो घटना (सिलवाल प्रकरण) छानविन अघि बढ्यो भने त्यसै बाहिर आइहाल्छ– ती प्रहरी अधिकारी भन्छन् । उनी भन्छन्– उहाँले यस्ता अपराधहरु नगरेको भए उहाँ जत्तिको योग्य, अरुलाई प्रभाव पार्नसक्ने मानिस अरु छैन प्रहरीमा । मानिसलाई एकै पटकमा प्रभावित बनाउनसक्ने क्षमता छ उहाँसँग ।

कतिपय नेताहरुलाई चुनाव लड्न वा विभिन्न बहानामा पैसा दिन पनि त्यति बेलैदेखि सिलवालले सुरु गरेका थिए । थुप्रै पत्रकारहरुलाई पालेका थिए । त्यसको संयोजन त्यतिबेला एउटा राष्ट्रिय दैनिकमा काम गर्ने पत्रकारले गर्थे । यद्यपि स्रोतले उनको नामम भने बताएन । हनुमानढोकामा हुँदा जब सिलवालको चर्चा र पपुलारिटी बढन थाल्यो, तब हरेक दिन अनौठा अनौठा खालका मानिसहरुको भीड लाग्ने गथ्र्यो । झोला भरि पैसाका बिटा बोकेका मानिसहरु आउँथे ।

पैसा केका लागि आउँथ्यो ? कहाँ जान्थो ? हामी नै छक पथ्र्यौ– सिलवालसँग काम गरेका ती अधिकारी भन्छन् । सिलवाल हनमानढोकामै हुँदा चोरीका गाडिहरु समाउने काम उनले सुरु गरेका थिए । त्यतिबेला दर्जनौको संख्यामा मित्सुबिसीदेखि टोयोटासम्म चोरीका गाडिहरु बुझाउन ल्याइन्थ्यो । कुरा मिलेकाहरु दर्ता प्रक्रियामा जान्थे भने नमिलेकाहरु लिलामीका लागि भन्सारमा जान्थे । त्यही क्रममा नै करोडौं रुपियाँको आम्दानी गर्न सिलवाल सफल भएको स्रोतको दावी छ ।

लेखक : देव अन्जान

प्रकासित मिति

Loading...

 

yummyfood