1478958692 banner ad format

 
 

हिजोआज कपाल झर्ने समस्याले अधिकांशलाई पिरोलेको छ । व्यस्त दिनचर्या, वातावरणीय प्रदूषण, रासायनिक पदार्थको अत्यधिक प्रयोग, पौष्टिक आहारमा कमी कपाल झर्ने समस्याका केही कारण हुन् । सौन्दर्यविद्हरूका अनुसार गर्मी मौसममा तापक्रम बढेर वर्षाको पानीमा अम्लीयता भएका कारणले पनि कपाल सुक्खा हुने, टुक्रने र पसिनाका कारण कपालको जरामा धूलोमैलो, फोहोर आदि जमेर पनि कपाल झर्छ ।

कपाल किन झर्छ ?

१. अधिकांशको कपाल वंशानुगत गुणको कारणले झर्छ ।

२.  तनाव र स्ट्रेसका कारण कपाल झर्ने गर्छ ।

३. अत्यधिक मात्रामा कपाल हाइलाइट र कलरिङले पनि कपालमा समस्या उत्पन्न हुन्छ र झर्न सुरु गर्छ ।

४. भिटामिन ए, बी, सी, डी, ई, बी कम्प्लेक्स, आयोडिन, म्याग्नेसियम, कपर, आइरन, फस्फोरस, सिलिकन र पोटासियमको कमी हुँदा पनि कपालमा असर पुग्छ ।

५. सुक्खा बनाउन प्रयोग गरिने हेयरड्रायर र अन्य उपकरणको प्रयोगले पनि कपाललाई कमजोर बनाउँछ ।

६. निद्रा पूरा नहुँदा इनसोमनिया र नसुन्नेजस्ता रोग लाग्न सक्छ, जसको सीधा असर कपालसम्म पुग्छ ।

कपाल झर्न कसरी रोक्ने त ?

१. भिजेको कपाल तन्किने हुँदा होशियारीपूर्वक ब्रस गर्नुपर्छ ।

२. कपाल सुन्दर बनाउन हेयर प्याक लगाउनुपर्छ । यसका लागि एउटा अन्डा र एकदुई थोपा कागतीको रस फिटेर कपालको जरासम्म लगाई तीन मिनेट राख्ने र धुने । यसले जरा बलियो बनाई झर्नबाट रोक्छ ।

३. कडा घामबाट बचाउन ह्याट वा स्काफ र छाताको प्रयोग गर्ने ।

४. यो मौसममा उमेरभन्दा पहिले फुल्ने, जरजर हुने, चमक हराउने, हाँगा पलाउने, टुक्रिने, झर्ने हुने गर्छ ।

५. रसायनको प्रयोगले पनि कपाललाई नोक्सान गर्छ । पर्मिङ, स्ट्रेटिङ, कलरिङ, ब्लिचिङ सही तरिकाले गर्‍यो भनेमात्रै बच्न सकिन्छ । यसको जथाभावी प्रयोगले कपाललाई पूर्ण रूपमा नष्ट पार्छ । आफ्नो कपालको गुणअनुसारको स्याम्पु प्रयोग गर्ने ।

६. आफ्नो कपाललाई फेरि पहिलेकै जस्तो आकर्षक बनाउन टाउकोको मसाज गर्ने गर्नुपर्छ । मालिस गर्दा टाउकोमा रक्तसञ्चार बढ्न गई कपालको जरा बलियो बनाउँछ । मसाज गर्दा सिवासिस ग्ल्यान्डको उत्पादन सुचारु भई यसले कपालको सुक्खापन हटाई मस्तिष्कको अनेकौं समस्यालाई निर्मूल पार्छ । यसरी मसाजपछि स्याम्पु गर्दा अक्सिजनले केशलाई स्वस्थ र सुन्दर राख्न मद्दत गर्छ ।

प्रकासित मिति

Loading...

 

yummyfood