1478958692 banner ad format

 
 

पथरी (मोरङ) । जन्मँदै दुवै आँखा गुमाएका मोरङको पथरी शनिश्चरेका २२ वर्षीय चिरञ्जीवी अधिकारीले जन्मिएको एक वर्ष नपुग्दै आमा गुमाउनु प¥यो । एकवर्ष नपुग्दै आमाको मिर्गौला फेल भएर मृत्यु भयो । हालसम्म उनले तीनवटी आमा पाए । २०५२ मङ्सिर १६ गते मोरङको पथरी शनिश्चरेमा जन्मनुभएका चिरञ्जीवी एक ठाउँबाट अर्को ठाँउ सर्न सक्दैनन्। 

Chiranjeevi Adhikari morang

मोरङको पथरी शनिश्चरे नगरपालिका–९ सिंहवाहिनी स्कुल छेउका बासिन्दा मदनबहादुर अधिकारीका माइला छोरा २२ वर्ष पुगे तर कतै हिँड्डुल गर्न सक्दैन्न । सानामा भित्ता समाएर अलिअलि बामे त सर्थे । तर हाल उनको दुई घँुडाको बीचमा टाउको निहुराएर झोक्रिएर बस्छन । आमाको मृत्युपछाडि बाबु काममा बाहिर हिँड्नुपर्ने भएकाले चिरञ्जीवी मूलघरमा हजुरबा–आमासँग बसे । 

 बिहान–बेलुका खानाबाहेक अरू केही खादैनन् । २२ वर्षीय चिरञ्जीवीको तौल १२ किलो छ । न आँखा देख्छन, न कान नै मज्जाले सुन्छन । हात चल्छ, खुट्टा चल्दैन । उनि खाना ढिलो भयो भने चिच्याउने र मन खुसी भएको समयमा गीत गाउने गर्छन। 

 आवाज र स्पर्शले आफन्तहरुलाई चिनिहाल्छन । आमाको मृत्युपछि माइली आमाले स्याहारसुसार गरेपनि उनि अर्कैसँग बिवाह गरेर गएपछि हाल कान्छी आमाले घरमा स्याहार गर्दै छिन  । बा, आमा, दाजु, भाइ भएपनि सबै आ–आफ्नो काममा जाने भएकाले चिरञ्जीवीको स्वास्थ्य दिनहँु झन् जटिल हुँदै गएको छ । 

उनका एक दाजु र दुई भाइ छन । आमाबुबा सामान्य खेती किसान भएकाले हातमुख जोड्नै गाह्रो भएको बाबु मदनको भनाइ छ । चिरञ्जीवीलाई अहिले घरपरिवारले ग्वालीमा खाट राखी हेरचाह गर्दै आएका छन । 

“घरभित्र र सिमेन्टीमा राख्दा चिच्याउने, कराउने र दिसापिसाब गरेको थाहा नपाउने भएकाले उनलाई ग्वालीमा खाटमा राखिएको बुबा मदनको भनाइ छ । उनलाई बिहानजस्तो छोड्यो बेलुकी आउँदा पनि त्यस्तै रहेको भेटिन्छन । बसेकै ठाउँमा दिसापिसाब गर्ने भएकाले सरसफाइमा कमी हँुदा हैजा उठ्ने समस्या हुन्छ । बाबु मदन भन्छन, “सरकारले मासिक दुई हजार त दिएको छ, तर चिरञ्जीवीका लागि लुगा किन्नसमेत पुग्दैन ।” 

सरकारले चिरञ्जीवीका लागि उचित व्यवस्था मिलाई दिनुपर्ने माग उनको छ । बाबुले विभिन्न सङ्घसंस्थासँग हारगुहार पनि नमागेको हैन । सङ्घसंस्थाले आएर उल्टै हप्काएर गएको गुनासो छ । 

 अहिले सबैबाट हार खाएर छोराको मायाले स्याहारसुसारमा आफैँ लागेका छन । उनले सरकारले अपाङ्गता भएकाको हकमा केही भए र उद्वार गर्ने केही उपाय भए सहयोग गरिदिन अनुरोध पनि गरे । 

प्रकासित मिति

Loading...