annapurna add

ronaldo 3

पछिल्लो समयका बिश्व चर्चित खेलाडी तथा पोर्चुगिजका स्टार क्रिस्टियानो रोनाल्डो लाइ नचिन्ने कमै हुनुन्छ होला । नेपालमा फूटबलको क्रेज जति छ उतिनै चर्चित छन् क्रिस्टियानो रोनाल्डो । उनि हरेक कुराबाट चर्चामा आउने गर्दछन् कहिले खेलको कुरा त कहिले गर्लफ्रेन्डको कुराले चर्चा परिचर्चा आउने गर्छन रोनाल्डो, केहि बर्ष अघाडी एउटा बलात्कारको आरोपले बिस्वब्यपी रुपमा उनको आलोचना भएको थियो तर पछि उनि निर्दोष साबित भएका थिए।

रोनाल्डो सामाजिक संजालमा पनि उत्तिकै सक्रिय रहेका छन्। उनले हालसम्म सामाजिक सञ्जाल इन्स्टाग्राममा २० करोड फलोअर कमाइसकेका छन् । उनी अहिले इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर हुने व्यक्ति बनेका छन् ।

बिश्वमै चर्चाको शिखरमा पुगेका रोनाल्डो बेलाबेलामा आफ्नो फिटनेसका कारण पनि चर्चामा आउने गर्छन् । ३४ वर्ष उमेर पुगेका रोनाल्डोको शरिरको बायोलोजिकल उमेर भने २३ वर्षका युवाको बराबरको रहेको बताइन्छ । उनी दिनमा ९०–९० मिनेटको दरले पाँच पटक सुत्छन् ।

उनी गर्भमा हुर्किरहेको बच्चा जस्तै गरि बेडमा सुत्ने गर्छन् । आफ्नो दिमागलाई फ्रेस राखि राख्ने गर्छन् । दिनभरमा ६ पटकमात्र खानेकुरा खान्छन् । दिनमा लन्च २ पटक र डिनर २ पटक गर्छन् । उनले फल, सलाद, तरकारी, मोटो अन्न, अण्डा र चिकेन खाने गर्छन् । कुनै पनि खेल खेलेपछि उनी ३० मिनेट पौडी खेल्ने गर्छन् । साथिहरुसँग र परिवारसँग धेरैजसो बस्ने गर्छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर