1478958692 banner ad format

 
 

पथरी (मोरङ) । मोरङको पथरी शनिश्चरे–८ मा रहेको चौधरी बस्तीको दैनिकी गुजरा टार्ने एउटै माध्यम बनेको छ अहिले ‘घँुगी’ । खोला तथा खेतबारीमा हिलोमा गाडिएको अवस्थामा पाइने ‘घुँगी’ यहाँका १५ घरपरिवार रहेका चौधरी बस्तीको गुजारा गर्ने व्यवसाय ‘घुँगी’को व्यापार बनेको हो । 

Local Samachar ghumgiko business

स्थानीय स्तरमा कमै पाइने ‘घँुगी’ टिप्न ऋषिदेव समुदायका मानिस भारतको खरियासम्म पुग्ने गरेको मोरङको पथरी शनिश्चरेका बाबुराम चौधरीले जानकारी दिए । “एक दिन लगाएर भारतको खरियादेखि घुँगी नेपाल ल्याउने गर्दछाँै”, चौधरीले भने । मोरङका पैनी, ताल, खोला, पानी जमेको खेत लगायतका क्षेत्रमा घुँगी खोज्दै दिन बित्ने गरेको स्थानीयवासी रमेश चौधरीको भनाइ छ । 

 “बिहान झिसमिसेमा जोगवनीमा पुगी रेलमा चढी भारतको खरियामा पुग्ने गरेको छौँ ।” त्यस दिन साँझसम्म लगाएर खोला र खेतीबारीमा घुँगी खोजेर एक÷दुई क्विन्टल जति बनाउँछाँै र भोलिपल्ट घर आउने गरेको चौधरीले बताए । दुई÷चार दिन दिनको पूरै समय माया मारेर ‘घँुगी’ खोज्न लागिपर्ने गरेको उनिहरु बताउछन । घरमा ल्याएपछि परिवारसहित मिलेर घुँगीलाई पखालेर सफा बनाएपछि स्थानीय हाटबजारमा बिक्री गर्ने गरेको अर्का घुँगी व्यापारी फूलावती देवी चौधरीले बताइन  । 

घँुगी प्रतिकेजी रु ६० का दरले बिक्री गर्दै आएका छन् । हप्तामा तीनपटक भारतको खरियासम्म घँुगी खोज्न उनिहरु पुग्ने गर्छन् । घँुगीमा भिटामिन, रुघाले सताएको बेला यसको रस स्वादिलो हुने र रुघा ठीक हुने भएकाले सबै समुदायका मानिसले घँुगी खाने गरेको नियमितजस्तो घँुगीका पारखी स्थानीयवासी डिल्ली शर्माले बताए। 

दैनिक ३० देखि ५० केजीसम्म घुँगी बिक्री गर्दै आएको बताउने बाबुराम चौधरीले हप्तामा रु सात हजारदेखि १० हजारसम्म आम्दानी गर्ने गरेको उनको भनाइ छ । सो व्यवसायबाट पाँचजनाको परिवार धानेको चौधरीको भनाइ छ । चौधरी टोलमा उनिजस्ता करिब ५० घुँगी व्यापारी छन् । 

प्रकासित मिति

Loading...

 

yummyfood