tealaya add

काठमाडौँ - आजभोलि धेरै जसो मानिस टाउको दुख्ने समस्याबाट ग्रसित हुने गर्दछन्। हुन त टाउको दुख्ने कुनै गम्भिर समस्या होइन्, तर यो समस्या भयो भने निकै तनाव दिने गर्दछ।

headache

टाउको दुखेमा निद्रा पनि आउादैछन्। धेरै जसो मानिस टाउको दुख्ने समस्याबाट छुटकारा पाउनका लागि पेनकिलर्सको सेवन गर्ने गर्दछन्। जसले स्वास्थ्यलाई निकै हानी गर्ने गर्दछ। आज हामी यस्तो जुसका बारेमा जानकारी दिदैछौँ, जसको सेवन गर्दा बिना कुनै साइड इफेक्ट तपाईको टाउको दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।

सामाग्री :
आधा कप कागतीको रस, एक चम्चा मह, दुई थोपा लाभेन्डर आयल

बनाउने विधि
जुस बनाउनका लागि सबैभन्दा पहिले एक गिलासमा आधा कप कागतीको रस लिनुहोस्। अब यसमा एक चम्चा मह र दुई थोपा लाभेन्डर आयल राखेर राम्रोसँग मिक्स गर्नुहोस्। अब तपाईको जुस तयार भयो। टाउको दुख्ने समस्या छ भे यो जुसको सेवन गर्नु निकै लाभदायिक हुन्छ। यो जुस पिउदा ५ मिनेटमा तपाईको टाउको दुख्ने समस्या हटारउने गर्दछ।

टाउको दुख्ने गम्भीर कारणहरु

टाउकोमा टिउमर हुने, रगत जम्ने भयो भने टाउको दुख्छ। यसमा अलि बढी विचार पुर्‍याउनुपर्छ । विशेष गरी यस्तो अवस्थामा हामीले डाक्टरको सल्लाह लिनुपर्छ।

यदी सामान्य खालको टाउको दुखेको छ भने औषधि प्रयोग गर्न सकिन्छ। टाउँको दुखेसँगै वाकवाक लाग्ने, बान्ता हुने, आँखाबाट पानीहरू झर्ने, रिगंटा लाग्ने, छारे रोग जस्तो काम्ने हुनु गम्भीर रोगका लक्षण हुन्। यस्तो बेलामा तुरून्तै डाक्टरकहाँ सल्लाह लिन जानुपर्छ।

मस्तिष्क को ट्यूमर, आघात वा मस्तिष्कघात, मस्तिष्कको आवरण बीचको ठाउँको रक्तश्राव, उपल्लो श्वासप्रश्वास प्रणालीको संक्रमणः जस्तैः पिनास, आँखाका समस्याहरू जस्तैः मोतियाविन्दु, परावर्तित त्रुटीहरू भएको पाइएमा डाक्टरकहाँ जानुपर्छ।

मूर्छा पर्नु, अलमलिनु, बोल्न गाह्रो हुनु, अकस्मात हुने गम्भीर टाउको दुखाई वा पूर्वटाउको दुखाईको अवस्थामा परिवर्तन, केन्द्रित हुन नसक्नु वा दैनिक क्रियाकलाप गर्न नसक्नु, उच्च ज्वरो जस्तैः १०२ डिग्री फरेनहाइटभन्दा माथि आएमा डाक्टरकहाँ जानै पर्छ।

 

यस्तै पाखुरा, खुट्टा वा अनुहारमा कमजोरी वा पक्षघात भएमा, घाँटीको अरर्रोपना, गर्भावस्था, मस्तिष्कको चोटपटक, दृष्टि क्षय,ज्वरोसँगै वा ज्वरो बिना वान्ता भएमा पनि डाक्टरकहाँ जानुपर्छ।

सामान्य टाउको दुखेको छ त्यसले दैनिक क्रियाकलापमा असर परेको छैन भने त्यसलाई बेवास्ता त गर्नु हुँदैन तर सामान्यत औषधि प्रयोग गर्न सकिन्छ। उमेर अनुसार पनि भर पर्छ। पाँच वर्ष मुनीको बच्चा र पच्पन्न-साठी वर्ष उमेरभन्दा माथिको व्यक्तिलाई टाउको दुख्यो भने चिकित्सक कहाँ जानुपर्छ।

बच्चाहरुलाई कुनै समस्या नभई टाउको दुख्दैन। कतिपयलाई सधै टाउको दुखिरहने समस्या हुन्छ। त्यो टाउको दुखाईको लक्षण परिवर्तन भयो पहिलाकोभन्दा सहनै नसक्ने गरी दुख्यो। पहिला भन्दा लामो समयसम्म दुख्यो भने चिकित्सकको सल्लाह लिनुपर्छ।

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...

ताजा खबर