1478958692 banner ad format

 
 

मेष 
ध्यान नपुर्‍याई काम गर्दा अरूले नै लाभ उठाउनेछन् । आफन्तको सहयोगले महत्वपूर्ण काममा सफलता दिलाउनेछ । राजनैतिक काममा आफ्नो वर्चस्व बढ्नेछ । पुराना साथीभाइसँगको भेटमा नौला अवसरको जानकारी प्राप्त हुनेछ । सवारी साधन चलाउँदा विशेष सतर्कता अपनाउनुहोला । 
 

Horoscope of one week

वृष 
व्यापार–व्यवसायको प्रभावले अरूलाई सहजै आकर्षित गर्न सकिनेछ । मन पराउनेबाट प्रेम प्रस्ताव प्राप्त हुनसक्छ, धैर्य गरी निर्णय गर्नुहोला । विलासिताका सामग्री बिनामोलतोल खरिद नगर्नुहोला । साताको अन्त्यमा शैक्षिक क्षेत्रमा लगानी गर्ने वातावरण बन्न सक्छ । 
 

मिथुन 
आफ्नो कमजोरीले साझेदारबीच नै मनमुटाव सिर्जना गर्न सक्छ । सामाजिक सञ्जालमार्फत प्रेमप्रस्ताव प्राप्त हुने सम्भावना छ । व्यवसायिक गोपनीयता भंग भै आय आर्जनको कार्यमा धक्का लाग्न सक्छ, सचेत रहनुहोला । हतार गरी सवारी साधन चलाउँदा दुर्घटना निम्तिन सक्छ । 
 

कर्कट 
मन मिल्नेहरूसँगको सहकार्यमा नयाँ व्यवसायको श्रीगणेश गरिनेछ । व्यवसायिक यात्राका क्रममा विदेशीहरूसँग भलाकुसारी हुनेछ । साझेदारहरूबीचका सूचना गोप्य राख्नुपर्नेछ । यो साता पश्चिमतर्फको यात्रा फलिफाप हुने देखिन्छ । 
 

सिंह 
लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ । कामका विभिन्न अवसर प्राप्त हुनेछन् । दोष थोपर्नेहरू प्रशंसा गर्न थाल्नेछन् । अरूको मुख नताकी सही निर्णय लिँदा थप अवसर जुट्नेछ । यात्रा गर्दा मौसमको ख्याल गर्नुहोला ।
 

कन्या 
प्रेमजीवन सहि मोडमा पुग्न धेरै समय कुर्नुपर्ने छैन । प्रयत्न गर्दा नयाँ रोजगारी प्राप्त हुनेछ । सरकारी क्षेत्रमा कार्यरत कर्मचारीका निम्ति अनुकूल स्थानान्तरणको संयोग देखिन्छ । आफ्नो  कार्यक्षेत्रमा थप जिम्मेवारी आइलाग्ने सम्भावना छ । 
 

तुला 
मन पराउने साथीलाई पर्याप्त समय दिन धौ–धौ पर्ला । आफ्ना तथा मान्यजनको सहयोगबाट मांगलिक कार्यको तिथि छिनोफानो हुने सम्भावना छ । मित्रजनको सहयोगबाट व्यापार–व्यवसायमा सफलता हात पर्नेछ । साथीभाइसँग मनोरञ्जनमा सहभागी हँुदा खर्चले सताउनेछ । साताको अन्त्यमा झन्झटिला कार्य थपिनेछन् ।
 

वृश्चिक 
समकक्षीहरूको सुझाव अनुसरण गर्दा मेहनत खेर जानेछैन । सामाजिक सक्रियताले परिवारकै प्रतिष्ठा वृद्धि गर्नेछ । सामान्य बाधा भए पनि जल एवं फलको सेवनले स्वास्थ्य अनुकूल बनाउन सकिनेछ । सूर्यको आराधनाले समृद्धिको ढोका खोल्नेछ । 
 

धनु 
सिर्जनशील ऊर्जाले मान–सम्मान दिलाउन सक्छ । अरूको योगदानलाई बेवास्ता गर्दा आफ्नो समेत अवमूल्यन हुनेछ । नयाँ तथा रचनात्मक काम गर्ने उत्साह जाग्नेछ । आकर्षक पहिरनले अरूलाई मोहित तुल्याउनेछ । भौतिक साधनको उपयोगका क्रममा विपक्षीले डाहा गर्न सक्छन् । साताको अन्त्यतिर फजुल खर्चले सताउनेछ । 
 

मकर 
ठूलाबडासँगको संगतमा नौला कुरा सिक्ने अवसर जुट्नेछ । अध्ययनका क्रममा विदेशमा पाइला राख्दै प्रशस्त आम्दानी गर्न सकिनेछ । खराब आचरण हुनेहरूबाट टाढै रहँदै गोपनीयताको ख्याल राख्नुहोला । साताको अन्त्यमा प्रेमसम्बध वैवाहिक सम्बन्धमा रूपान्तरित हुने सम्भावना छ । 
 

कुम्भ 
परोपकारी कार्यमा संलग्न भइनेछ । ढिलो गरी थालिएको कार्यमा अपजसको सामना गर्नुपर्ला । गोपनीयता भगं भै प्रतिष्ठामा आँच आउन सक्छ । आलस्यता एवं विलासिताबाट टाढै रहनु उचित हुन्छ । आर्थिक कारोबारमा अभिभावकको सुझाव नै सही सावित हुनेछ । चिसोबाट जोगिनुहोला ।

मीन 
परिवारका मान्यजनको भावनाको कदर गर्न सके वातावरण रमाइलो हुनेछ । जीवनसाथीको सहयोगले कार्यक्षेत्रमा थप लगानी गर्न हौसला मिल्नेछ । धेरैले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । कतिपय क्षेत्रमा बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । परिस्थितिसँग सम्झौता गर्न सके प्रसन्न भइनेछ ।  साप्ताहिकबाट 

प्रकासित मिति

Loading...

 

yummyfood