tealaya add

janai kaan

काठमाडौँ । शौचमा जाँदा जनै कानमा सिउरिने गरिन्छ । जनैलाई दाहिने कानमा सिउरिएर बूढापाका ट्वाइलेट छिरेको यहाँले देख्नुभएको होला । जनै दाहिने कानमा सिउरिने कामलाई वैखानस धर्म प्रश्न, बौधायन गृहसूत्र र याज्ञवल्क्यस्मृतिले आ–आफ्ना प्रकरणमा बताएका छन् । कानमा सिउरिनु पर्ने कुरालाई मनुस्मृतिमा भनिएको छ –

‘ऊध्र्वं नाभेर्मेध्यतरः पुरुषः परिकीर्तितः ’ अर्थात् पुरुष नाभिभन्दा माथि पवित्र हुन्छ । नाभिभन्दा तल्लो भाग मलमूत्रधारक अङ्ग भएकोले यो अपवित्र हुन्छ । त्यसैले अपवित्र स्थानमा जनै नपरोस् भनेर कानमा राखिएको हो ।

त्यसैले दिशा पिसाब गरेर हात मुख न धोउन्जेल सम्म जनै कानमा राख्ने गरिन्छ यदि कसैको कानमा जनै झुन्डाएको देखिएमा यो व्यक्ति हात मुख धोएर शुद्ध भएको छैन भन्ने बुझ्नुपर्छ ।

शास्त्रहरूमा दाहिने कानको महात्म्य वर्णन गरिएको छ । आदित्य, वसु, रुद्र, वायु, अग्नि, धर्म, वेद, आप, सोम र सूर्य लगायतका देवताहरू दाहिने कानमा बस्छन् । दाहिने हातले दाहिने कान स्पर्श गर्दा मात्र पनि आचमन गरेको फल प्राप्त हुन्छ ।

शास्त्रमा भनिएको छ-

यथानिवीनी दक्षिणकर्णे यज्ञोपवीतं कृत्वा मूत्रपुरीषे विसृजेत् । यसको अर्थ हुन्छ, दिसापिसाब गर्ने समयमा दाहिने कानमा जनै राख्नु जरूरी हुन्छ । हातगोडा धोएर कुल्ला गरेपछि मात्र जनै कानबाट निकाल्नुपर्छ । किनकी शरीरमा नाइटोमाथिको भाग धार्मिक क्रियाका लागि पवित्र मानिन्छ भने नाइटोमुनिको भाग अपवित्र । त्यसैले अपवित्र स्थानमा पवित्र जनैले नछोओस् भनेर कानमा राखिन्छ ।
साभार:नेपाल आज

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...