annapurna add

change jobमानिसहरूले विभिन्न कारणले या आफ्नो अनुकुल समय अनुसार जागिर परिवर्तन गरिरहेका हुन्छन् । मानिस कोहीले रहरले त कोहीले बाध्यताले जागिर परिवर्तन गर्ने गर्दछन। सामान्यतया के कारणले जागिरलाई निरन्तरता वा परिवर्तन गर्ने भन्ने निर्णयमा पुग्न सकिन्छ त ? हेरौं केहि कारणहरु:

जागिर झन्झटिलो हुनु

यदि तपाईँले अहिले गर्दै आएको काम झन्झटिलो छ भने तपाईँले आफ्नो काम परिवर्तन गर्नु राम्रो हुन्छ । एकोहोरो र कम चुनौतीपूर्ण काम छ भने यो समय तपाईँले जागिर परिवर्तन गर्नु नै राम्रो हुन्छ जसले नयाँ अवसर तथा उपलब्धिहरू प्राप्त गर्न मद्दत गराेस् ।

हालको भन्दा बढी पारिश्रमिक पाउनु

कम्पनी अनुसार पारिश्रमिक पनि फरक फरक हुने गर्दछन् । कुनै कम्पनीले अहिलेको भन्दा बढी पारिश्रमिक अफर गर्दछ भने त्यो जागिर परिवर्तन गर्नु ठिक हुन्छ।

बढी ज्ञान र अनुभव लिने प्रयास

यदि तपाईँको अहिलेको कामले धरै सिक्ने अवसर दिई रहेको छैन भने यस्तो अवस्थामा काम परिवर्तन गर्नु ठिक हुन्छ । सिक्ने अवसर प्राप्त गर्नु भनेको आफ्नो अनुभवलाई निखार्नु हो , सिकाई क्षमताको विकास पनि हो ।

कम्पनीमा आर्थिक मन्दी

कम्पनी टाट पल्टिने धेरै कारण हुन्छन् । जस्तोकि बजारमा मन्दी हुनु, कमजोर निर्णय क्षमता, नेतृत्वले गद्दार गर्नु जस्ता परिस्थितिहरू आफूले काम गर्ने कम्पनीमा सजिलै नोटिस गर्न सकिन्छ । यस्तो परिस्थीती मा कम्पनी बन्द हुनु अगावै काम परिवर्तन गर्दा राम्रो हुन्छ ।

 जीवनमा महत्वपूर्ण परिवर्तन हुनु

विवाह गर्नु, सन्तान जन्माउनु वा अभिभावकत्वको जिम्मेवारी बढ्नु आदि जीवनका महत्त्वपूर्ण परिवर्तन हुन् । यस्तो अवस्थामा यदि तपाईँको कम्पनीले यस्तो कुरालाई प्राथमिकता दिँदैन भने जागिर परिवर्तन गर्नु उत्तम हुन्छ ।

सहकर्मीको असहयाेगी व्यावहार

कार्यालयमा असजिलो वातावरण र असहयोगी सहकर्मी रहनु भए भने आफ्नो क्षमता असर पर्न सक्छ । यो अवस्था जागिर परिवर्तन गर्ने एक न्यायपूर्ण निर्णय हुन्छ । यस्तो अवस्थामा तपाईँको क्षमता र योग्यताले भ्याए सम्म परिश्रम गर्दै हुनुहुन्छ तर सधैँ तपाईँको कमजोरी मात्रै देखिन्छ भने यस्तो अवस्थामा जागिर परिवर्तन गर्नु राम्रो हुन्छ ।

हालको भन्दा उत्कृष्ट अवसर

कतिपय समयमा अर्को राम्रो अवसरले तपाईँलाई सहजता दिन सक्छ । यदि तपाईँलाई नयाँ अवसरले राम्रो पारिश्रमिक तथा सेवा सुविधा प्रदान गर्छ भने काम परिवर्तन गर्ने यो धरै बुद्धिमानीपूर्ण निर्णय हुन सक्छ । यस्तो अफर स्वीकार गर्नु सफलता र पैसा दुवै कमाउने अवसर हुन सक्छ । (फाेटाेे: Google)

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर