annapurna add

relation couple

सच्चा माया गर्छु भन्ने र गर्नेमा फरक छ । जसले व्यवहारमा देखाउँछ त्यो सच्चा मायालु हो । मायाको मापन गर्ने कुनै यन्त्र बनेको छैन । तर, व्यवहारमा पर्दा र परिस्थितिले त्यसको जानकारी मिल्छ । साँचो माया गर्ने चिन्ने तरिका यसप्रकार छः

-तपाईले भनेको सबै कुरा मान्छ ।
-आफुसंग नहुदा पनि उसको मात्र याद आइरहन्छ ।
-मनमा उहीमात्र आइरहनु ।
-गीत सुन्दा उसको महसुस गर्नु र सम्झनु ।
-झगडा हुदा झन माया बढ्दै जानु ।
-गल्तीलाई नजरअन्दाज गरिदिने ।
-ऊ विना एक्लो महसुस गर्नु ।
-अतित देखि वर्तमान सम्म र घरपरिवारको पनि कुरा गर्नु ।
-उसको समस्या आफ्नो झै लाग्नु ।
-उस्को बिरुद्ध बोलीरहेको ठाँउमा तपाईँ नबस्नु ।
-उसको नाम मात्र लिदापनि मुहारमा खुशी आउनु ।

श्रीमान श्रीमती बीच झगडाको फाइदा
जो नजिक हुन्छ उसैसँग घच्चा लागिरहन्छ । सामान्य विवाद जीवनको सामान्य पाटो पनि हो । सानातिना विवादले झन् सम्बन्धलाई परिपक्व बनाउँदै लैजान्छ । जीवन यसरी नै अगाडि बढ्छ आत्तिइहाल्नुपर्दैन । यसैले धैर्यता बढाउँछ र आत्मीयता सिकाउँछ । पति पत्नी निकै नजिक हुँदा सामान्य विवाद र झगडा भइरहन्छ । यसका केही फाइदा पनि छन् ।

-चित्त दुखाइको कारण थाहा हुन्छ
-श्रीमान श्रीमती दुवैले नराम्रो वानी सुधार्ने मौका पाउँछन् ।
-दुवैजना वैवाहिक सम्बन्धमा बफादार कति छन् भन्ने पनि प्रस्ट पार्छ ।
-श्रीमान श्रीमती विच अपनत्व र विश्वास बढाउँछ ।
-स्वस्थ्य सम्बन्धमा झगडा हुनुपर्छ ।
-श्रीमान श्रीमतीको झगडामा स्थायी शत्रु कोही हुदैन ।
-आफ्नो पाटनरको मुल्यांङन गर्न सकिन्छ
-हप्तामा एकदिनको झगडाले सम्बन्धमा मलजल गर्दछ ।
-श्रीमान श्रीमती विच बहस गर्दा एउटा सहि विचार निस्कन्छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...