1478958692 banner ad format

 
 

काठमाडौँ - प्रेममा सधैं माया मात्रै हुँदैन । कहिलेकाँही सानो कुरामा पनि प्रेमी–प्रेमीका बिचमा मनमुटाव हुन्छ । एउटा सानो ठट्टाका कारण कुनै बेला तपाईको सम्बन्धमा समस्या देखा पर्न सक्छ । यस्तो अवस्थामा यी कुराहरुमा ध्यान दिनुपर्छ ।

LOVE

विवाद भएको विषयलाई गोप्य कोठामा बसेर समाधान खोज्नुहोस् । यस बखतमा दुबैको कुरा एक अर्काले सुन्नु आवश्यक हुन्छ । जसको गल्ती हो यसले क्षमायाचाना गर्नुपर्छ |

आफुले प्रेमी वा प्रेमीकाको बारेमा धेरै सोच्ने, भविष्यको बारेमा सोच्ने गरेको कुराहरु शेयर गर्नुपर्छ । अनि आफ्नो इमान्दारिता पनि देखाउनुपर्छ ।

दुईजना विच वदलाको भाव राख्नु हुँदैन । कुराहरु शान्तसँग गर्नुपर्छ । तिमीले यस्तो गरेको भएर मैले पनि गरेको जस्तो व्यवहारले झनै समस्या निम्त्याउँछ ।

मनमा चोट पुग्ने कामहरु कहिल्यै गर्नु हुँदैन । बरु समय–समयमा सरप्राइज दिने, नयाँ÷नयाँ ठाउँ लैजाने गर्नुपर्छ ।

आफ्नो प्रमीकासँग ‘रोमान्टिक’ भएर प्रस्तुत हुनुहोस् । यदी उनी रिसाएकी छिन् भने पनि फकाउन सजिलो हुन्छ । त्यस्तै धेरै भन्दा धेरै समय ब्यतित गर्दा पनि प्रेमिकालाई खास महशुस हुन्छ ।

 

प्रकासित मिति

Loading...

 

yummyfood