1478958692 banner ad format

 
 

आफ्ना प्रशंसकको अनुहारमा मुक्का हानेपछि पूर्व पोर्न स्टार मिया खलिफा एकपटक पुनः चर्चामा छाएकी छिन् । वास्तवमा एक युवकले मियाको अनुमती नलिई उनलाई क्यामराको फ्रेममा पारेर सेल्फी खिचेपछि उनी आक्रोशित हुँदै मुक्का हानेकी हुन् ।

mia khalifa min

ती युवकले यसबारे सोसल मिडियामा पोष्ट गरेपछि उनी एकाएक चर्चामा छाएकी हुन् । तर मिया चर्चामा आएको यो पहिलो घटना भने होइन, समय समयमा विवादमा घेरिने उनी कहिले हिजाब लगाएका कारण चर्चामा छाउँछिन् भने कहिले ट्याटुका कारण । आज हामी तपाईंलाई मिया खलिफासँग जोडिएका यस्तै १० रोचक तथ्यबारे जानकारी दिँदैछौं ।

यसरी राखिन् पोर्न उद्योगमा कदमः

मिया खलिफाको जन्म लेबनानमा भएको थियो तर उनी पछि आफ्ना आमा–बुवासागै अमेरिका सिफ्ट भइन् । मियाले ग्रेजुएशनसम्मको पढाई गरेकी छिन् र पढाई पछि उनले एक रेष्टुरेन्टमा काम गर्न सुरु गरिन् । रेष्टुरेन्टमा आएका एक ग्राहकले उनलाई पोर्न उद्योगमा काम गर्न अफर दिएका हुन् ।

दुई महिनामा बनिन् ‘नम्बर वन’

एडल्ट स्टार मियाले सन् २०१४ अक्टोबरमा पोर्न उद्योगमा कदम राखिन् र डिसेम्बरमा नै उनी नम्बर वन पोर्न नायिका बन्न सफल भइन् ।

मुश्लिम परिवारमा जन्मः

मियाको जन्म एक मुश्लिम परिवारमा भयो तर उनी भने क्रिष्चियन धर्म मान्छिन् । मियालाई जनावर निकै मनपर्छ । उनले आफ्नो घरमा थुप्रै घर पालुवा जनावर पालेकी छिन् ।

हिजाबको विषयमा विवादः

पोर्न भिडियोमा हिजाब लगाएका कारण उनी पटक पटक विवादको शिकार भएकी छिन् । इस्लाम धर्मगुरुका अनुसार हिजाब पवित्र हुन्छ र यसलाई पोर्न भिडियोमा लगाउनु धर्मको अपमान हो । यसै कारण उनको निकै आलोचना हुने गर्दछ ।

सानै उमेरमा गरिन् विवाहः

मियाले १८ वर्षको उमेरमा विवाह गरेकी थिइन् । उनले सन् २०११ फेब्रुअरीमा एक अमेरिकीसँग विवाह गरेकी थिइन् ।

परिवारबाट टाढाः

पोर्न उद्योगमा काम गरेका कारण मियाका परिवार उनीसँग रुष्ट छन् । उनका परिवारले उनीसँगको सम्बन्ध तोडिसकेका छन् ।

 

हत्या गरिदिने धम्कीः

पोर्न उद्योगमा काम गरेका कारण उनलाई थुप्रै पटक हत्या गरिदिने धम्की आइसकेको छ । उनीमाथि इस्लामलाई अपमान गरेको आरोप लागिसकेको छ ।

एचआइभी पोजिटिभको खबरः

उनलाई एचआइभी पोजिटिभ भएको खबरले निकै चर्चा पाएको थियो । यद्यपी, मियाले ट्वीट गरेर यो कुराको खण्डन गरेकी थिइन् ।

फुटबलरको फ्रेन्ड रिक्वेस्टलाई गरिदिइन् भाइरलः

पोर्न स्टार मिया खलिफालाई एक स्टार फुटबलरले फ्रेन्ड रिक्वेस्ट पठाए तर मियाले त्यसलाई सोसल मिडियामा सेयर गरिदिइन् । त्यसपछि फुटबल प्रशंसकले यी फुटबलरको निकै आलोचना गरेका थिए ।

ट्याटुमा विवादः

मियाले हातमा एउटा ट्याटु बनाएकी छिन् जसका कारण उनी विवादमा घेरिइन् । उनले लेबननको राष्ट्रिय गीतको सुरुवात लाइनको ट्याटु बनाएकी छिन् र अर्को हातमा लेबनिज फोर्स क्रस बनाएकी छिन् जसबारे निकै विवाद भयो ।

एजेन्सी 

प्रकासित मिति

Loading...

 

yummyfood