chiyawali 3चिया केका लागि पिइन्छ, जवाफ पर्खनु पर्दैन, स्वादका लागि । हरेक बिहान अधिकांश नेपालीका घरमा चिया पिइन्छ । हामीले पिउने चिया पनि आ–आफ्नै छन् । कोही चियामा दूध मिसाएर कोही नमिसाई । हरेक तरिकाले फरक–फरक स्वाद  पाउन सकिन्छ चियामा। उच्च रक्तचाप, पेटको समस्या, मधुमेहजस्ता रोगीहरु  प्रायः कालो चिया पिउँछन्। सकेसम्म चियालाई चियाकै बास्तविक स्वादमा पिउनु राम्रो हुन्छ ।

chiyawali 1चिया हाम्रै घर-आँगनको उत्पादन हो । चिया यस्तो उत्पादन पनि हो, जो हामी विश्व बजारमा बिक्री गर्छौं । नेपाली चियाले विश्वकै पारखीलाई आफ्नो स्वाद बाँढिरहेको छ । निर्यतजन्य कृषि उपजमा चियाले अग्रणी भूमिका खेलेको छ । चियाका प्रकार थरीथरीका हुन्छन जस्तोकि ब्ल्याक, गोल्ड, ह्वाइट, ग्रिन, ओलंग आदि । 

यदि तपाई चिया पारखी हुनुहुन्छ या अब चियाको बास्तविक स्वाद लिन चाहानुहुन्छ भने एकपटक पुग्ने पर्ने ठाउँ काठमाडौँको धुम्बाराही पिपलबोट नजिकै रहेको 'कप अफ टि हाउस' अर्थात 'चियावाली ब्राण्ड'  जहाँ थरीथरीका चियाकाे स्वाद लिन सकिन्छ ।

chiyawali 4ईलामबाट अर्गानिक चिया ल्याएर देश बिदेशका चियाका पारखीहरुलाई व्यवसायिक रुपमा चिया चिनाउन निरन्तर लागि परेकी चियावाली हुन् ज्योती दाहाल । करिब १ दशक यहि व्यवसायमा काम गरेको अनुभवलाई संगाल्दै कपअफ टी हाउस चियावाली ब्रान्ड संचालन गरेकी उनी चियावाली ब्रान्डको स्वदेश तथा बिदेशमा राम्रो माग रहेको बताउँछिन । 

दृढ इच्छाशक्ति र केहि लगानीले आफ्नै देशको उत्पादन विदेशसम्म पुर्याउन सके देशमै केहि गर्न सकिन्छ भन्ने संदेश चियावालीको चिया पिउँदै मनन गर्ने कि ?

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर