tealaya add

gothalo bata karodpatiइलाम १८ भदौ :  झट्ट हेर्दा सामान्यजस्तो देखिने इलामे राई लखपती बनीसकेका छन् । लेकको बसाई, लगाएका कपडा र उनका हाउभाउले गर्दा उनलाई हेर्ने जो कोहिले पनि सामान्य नै ठान्नु स्वभाबिक छ । तर दुईवटा गाडी, दार्जिलिङमा घर जोडिसकेका राई हेर्दा देखे जती सामान्य छैनन् । 

हुन त हाम्रो समाजमा राम्रो लगाउने, सामान्य अंग्रेजी मिसाएर बोल्नेलाई इज्जत गरिन्छ । अनी ठुलै हैसियतको भन्ने ठानिन्छ । त्यसै भएर राईलाई नियाल्ने जो कोहिले पनि सामान्य ठान्ने गरेका छन् । अर्को कुरा त पैसाले हैसियत र इज्जत दिन्छ भन्ने मान्यता छ हाम्रो समाजमा ।

राईलाई हाल सम्मको दुःख र संघर्षले नै यहाँ सम्म ल्याएको छ । इलामको पुवामझुवामा जन्मिएका इलामे राईको वास्तविक नाम जगतबहादुर राई हो । तर उनको यो नाम धेरैलाई थाहा छैन । धेरैले उनलाई इलामे राइ नै भनेर चिन्छन् ।

घरमा दुख भएपछि करिव १० वर्षकै उमेर देखी अर्काको घरमा गोठालो बसेका राई बिभिन्न ठाउँमा अर्काको काम गर्दा गर्दै २०५३ सालबाट मात्र स्थाइ रुपमा बसोबास गर्न थालेका छन् । इलाम सूर्योदय नगरपालिका वडा नम्वर एकको लामिधुरामा उनको स्थाइ बसोबास छ । लेकको ठाउँमा गोठ पालेर बसेका उनी गाईको आम्दानीबाट नै लखपती बनेका हुन् । 

‘घरमा दुख थियो, खान लाउन पनि पुग्दैनथ्यो । बाउले आलु बेपार ग¥थ्ये, तर १० रुपयाँमा किनेको आलु ८ रुपयाँमा बेच्थे ।’ राइले भने । भारतसँगको सिमा मानेभन्ज्याङबाट प्रतिमन १० रुपयाँका खरिद गरेको आलु इलामको चुरेघाँटीमा ८ रुपयाँका विक्रि भएपछि तनाव वढेको उनको भनाई छ । ‘आफू त सानै थिएँ बाउलाई यसो नगरौँ भन्दा मानेन् अनी घर छोडेर हिडेँ’ राईले हाँस्दै भने । 

घर छोडेपछि इलामको सुम्बेकमा पुगेका उनले वर्षको ६० रुपयाँ पाउने गरि अर्काको घरमा गोठालो गरे । गाईवस्तु दोहोइसकेपछि थला भकारा सोहोर्नु, घाँस काटेर ल्याउनु गर्दै उनको बिहानको कार्य सुरु हुन्थ्यो । दिउशो पनि मेलाको काम, बेलुका पुन गाई धन्दा नै गर्नु पर्ने राइले स्मरण गरे । जुन बेला आफु १२, १३ वर्षको मात्र भएको उनले वताए । ऐलेका बालबच्चालाई तुलना गर्दै राइले सो बेला आफ्नो मेहनत र दुखका दिन सम्झीए । 

करिव दुईवर्ष त्यहाँ बसेपछि पुन इलामको जस्विरे भन्ने ठाउँमा सरे । त्यहाँ वर्षको १६० रुपयाँमा गोठालो गरे राइले । उनको दैनिकी उसैगरि सुरु भयो । करिव १५, १६ वर्षको उमेर भएपछि उनले त्यहाँ पनि छोड्ने निधो गरे । त्यसपछि नेपाल र भारतको सिमाना लामिधुरामा बसाई सरे । लेकको ठाउँ सिमसिम पानी परिरहने भएपनि त्यहिँ भविष्य खोज्ने निधो गरेर त्यहाँका चुथ्रो फाँड्न सुरु गरे । हालको सूर्योदय नगरपालिका एकमा पर्ने लामिधुरामा उनले गोठ पालेर नै भविष्य खोज्ने निधो गरे । 

२०५३ सालमा त्यहाँ पुग्दा कुनै वस्ती नभएको उनी वताउँछन् । उनले त्यहिँ बिबाह गरेर घरजम सुरु गरे । पर्यटकिय क्षेत्र र पर्यटकबाट पनि आम्दानी लिन सकिन्छ भन्ने कसैलाई सोच नै नभएको उनी वताउँछन् । 

लामिधुरामा पुगेका राईले आफ्नै जेठीसासुसँग तिन हजार रिण लिएर चारमाउ गाइ खरिद गरे । त्यहाँबाट तिनै गाईको सन्तान वढाउँदै गए । बाच्छाबाच्छी हुकाउँदै सन्तान फैलिएर करिव २३ माउ गाई समेत पालेका उनले सो बेला मज्जाले कमाई भएको स्मरण गरे ।

भारतसँग सिमा जोडिएको मानेभन्ज्याङ इलाममेहरुको ब्यापारिक केन्द्र हो । भारतका ब्यापारीले चामल, नुन, तेल चिनी लगायत दैनिक उपभोग्य वस्तु सो वजारमा विक्रिका लागि राख्थे । नेपालतर्फ उत्पादन भएको तरकारी सो वजारमा विक्रि हुन्थ्यो । तरकारी मात्र हैन नेपाल तर्फबाट अलैँची, अदुवा, कुच्चो लगायत पिठ्युँ र घोडामा बोकाएर त्यहाँ विक्रिका लागि लगिन्थ्यो । नेपालका वजारमा भन्दा वढि मुल्य त्यहाँका ब्यापारीले दिने भएपछि इलामका विभिन्न क्षेत्रमा उत्पादन भएको वस्तु त्यहाँ पुर्याइन्थ्यो । 

राईले पनि उत्पादन भएको घिउ सोहि वजारमा पुर्याउँथ्ये । उ बेला छुर्पी खासै बिक्दैनथ्यो । मोहि फटाएर बनाएको सेर्गेम भने राम्रो मुल्यमा विक्रि हुन्थ्यो । पछि पछि गएर छुर्पी पनि बिक्न थाल्यो । उनले पनि घरमा नै डेरी जोडे । डेरीमा दुध प्रसोधन हुनथालेपछि सहज पनि हुन थाल्यो । राइ परिवार गाई पालेर, घिउ र छुर्पी बेचेर नै आफ्नो गुजारा चलाउन थाले । 

आफूले औपचारिक शिक्षा नलिएको वताउँने राई हिसाव किताव गर्न अझै पनि क्याल्कुटेर नचाहिने वताउँछन् । तर गोठालो गर्दा नै काठमा रातो माटोको धुलो छरेर त्यसमा नै औँलाले क, ख सिकेको उनले वताए । लामो समयमा मात्र घ लेख्न सिकेका उनले हिसाव पनि उसै गरि सिकेको वताए ।

आफ्नो गुजारा जे–जसरी चलेपनि एक छोरा र एक छोरीलाई राम्रै शिक्षा दिएको वताउँछन् । हाल उनका दुवै छोराछोरी जागिरे भइसकेका छन् । छोरा भारतिय शेना छन् भने छोरी पनि दार्जिलिङमा नोकरी गर्ने गरेको उनले सुनाए । 

औपचारिक शिक्षाको महत्व हाल पनि धेरै शिक्षितहरुलाई नहुन सक्छ । तर उनी औपचारिक शिक्षाको महत्व अरुलाई राम्रोसँग बयान गर्छन् । शिक्षाले नै मानिसलाई बिश्व चिनाएको, नयाँ नयाँ कुराको खोजी र आविष्कार भएको भन्ने राईले आफ्ना सन्तानलाई पनि राम्रो शिक्षा गोठमा गाई पालेर नै दिएको वताउँछन् । लेकमा अन्य खेती खासै हुँदैनथ्यो उ बेला । आजकल पनि उनको पेशा उही नै हो । तर पहिला जस्तो धेरै गाई छैनन् राईको गोठमा । पाँच माउ मात्र गाई पालेका छन् उनले । तर उनले अर्को ब्यवसाय भने थपेका छन् । 

राई बसेको लामिधुरा विश्व प्रख्यात पर्यटकिय स्थल सन्दकपुर जाने मुल सडक हो । उनले त्यहाँ आएका पर्यटकहरुलाई सन्दकपुर सम्म लैजाने काम गर्छन् । पर्यटक घुमाउनकै लागि दुईवटा गाडी जोडेको उनले वताए । सिजनमा दुईवटा गाडी खाली हुँदैनन् राईका । राइकी श्रीमतीले पर्यटकहरुलाई नै खान र बस्नका लागि होटल र लज सञ्चालन गरेकी छन् । 

होटल, लज, पर्यटन ब्यवसायले गर्दा गाई घटाएको उनी वताउँछन् । गाई पाल्दा पनि बिहान बेलुका मात्र खट्नु पर्ने उनी वताउँछन् । गोठमा पालिएका गाई बिहान दोहीसकेपछि चरणमा जंगल पस्छन् । बेलुका भएपछि मात्र घर आउँछन् । बिहान बेलुका खोले दिन र दुहुन मात्र समय लाग्ने भएकाले केही गाई गोठमा अझैपनि राखेको उनले वताए । 

हाल उत्पादन भएको घिउ प्रति किलो साढे ५ सय र छुर्पी प्रतिकिलो ९ सय देखी एक हजार सम्ममा विक्रि गर्ने गरेको उनी वताउँछन् । राइले आफ्नो मात्र हैन अरुले उत्पादन गरेको घिउ छुर्पी पनि खरिद गरेर वजारर लगेर बेच्ने गरेका छन् । 

पहिला सानो छदाँ अर्काको घरमा गोठालो बसेको र हाल आफ्नो ब्यवसाय सम्झीएर उनी खुसी पनि हुन्छन् । तर दुखका साथ परिश्रम गरे पैसा कमाउन बिदेश जान नपर्ने उनको भनाई छ । फोकटका गफ गर्नु, बिना कारण भेला भएर बिभिन्न खेल खेल्न आफुले नजानेको उनको भनाई छ । कान्तिपथका लागि इलामबाट टीका खतिवडा ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...