1478958692 banner ad format

 
 

एजेन्सी । हाम्रो सामान्य बोलीचालीमा ‘आलु खानु’ अथवा ‘आलु खायो’ भन्ने शब्ले राम्रो अर्थ प्रसार गर्दैन । परीक्षामा गुल्टिनु अथवा कुनै काममा असफल भइयो भन्ने जनाउन आलु शब्दको प्रयोग हुने गर्छ ।

Potato

कुनै मान्छेलाई होच्याउनु पर्‍यो भने ‘कस्तो आलु जस्तो’ भनिदिए काम तमाम हुने अवस्था विद्यमान छ हाम्रो समाजमा । अझ ‘आलु खाएर पेंडाको धाक’ भन्ने उखान त हामीमाझ चर्चित नै भइहाल्यो । यसरी नेपाली जनजीवनमा अपहेलित आलु तपाईं हाम्रै भान्सामा भने कहिलै टुट्दैन ।

हाम्रो भान्सामा मात्रै होइन, विश्वभरि नै तरकारीको रूपमा आलुको जति उपयोग हुने गर्छ त्यति सायदै अरू कुनै तरकारीको हुने गर्छ । सदाबहार तरकारीको रूपमा उपयोग हुने आलुलाई तरकारीको राजा नै भन्दिए पनि फरक पर्दैन ।

आलु हाम्रो लागि तरकारी मात्रै नभई औषधी पनि हो भन्दा सायद तपाईँ छक्क पर्नुहोला । तर छक्क नपर्नुहोस्, किनकी यसमा विलक्षण औषधीय गुण हुन्छ भन्ने कुरा वैज्ञानिकहरूले समेत पुष्टी गरिसकेका छन् ।

आलु शुष्क र न्यानो प्रकृतिको एक कन्दमूल हो । यसमा थुप्रै पौष्टिक तत्त्व पाइन्छ, जुन हाम्रो शरिरको लागि अति नै आवश्यक हुन्छ । यसमा क्याल्सियम, फलाम, भिटामिन बी र फस्फोरस प्रचुर मात्रामा हुन्छ । त्यसैले आलुलाई पूर्ण आहार मानिन्छ ।

आलुको नियमित सेवनले नियमित हाम्रा रक्तबाहिनीहरू धेरै उमेरसम्म लचिलो बनाइराख्छ । आलु जुन किसिमको भए पनि त्यसमा शीतल, मलरोधक, मधुर, मलमूत्र उत्पन्न गराउने र रक्तपित्त हटाउने गुण हुन्छ । बलप्रद, वीर्यवर्धक र अल्प मात्रामा अग्निवर्धक क्षमता आलुमा हुन्छ ।

वैज्ञानिकहरूका अनुसार आलुमा १.६ प्रतिशत प्रोटिन, २२.९ प्रतिशत कार्बोहाइड्रेट, ७४.७ प्रतिशत पानी। ०.०१ प्रतिशत क्याल्सियम, ०.०३ प्रतिशत फस्फोरस पाइन्छ । प्रतिसय ग्राम आलुमा भिटामिन ए ४० आइयू र फलाम ०.७ मिलिग्राम पाइन्छ ।

आयूर्वेदको क्षेत्रमा पनि आलुको प्रयोग वान्छनीय मानिन्छ । आयूर्वेदिक प्रयोगहरूका अनुसारका आँखाको तल भएको कालो घेरा हटाउन आलुलाई पिसेर लगाएर लाभदायी हुने पुष्टी भइसकेको छ । आलुमा पाइने पोटासियम साल्टले अम्लपित्तलाई रोक्न काम गर्छ ।

मृगौलाका रोगीले समेत आलु खानु लाभदायी मानिन्छ । मृगौलामा पत्थरी हुँदा आलु सेवन गरे फाइदाजनक छ । त्यस्तै, कुनै चोटको कारण रगत जमेर निलो हुने गरेको छ भने काँचो आलु पिँधेर लगाउन पनि सकिन्छ ।

घामले डढेको छालामा काँचो आलुको रस लगाउने छालामा निखार आउँछ । कालोपोतो र छालाको चाउरीको लागि पनि आलुको रस वरदान साबित हुन सक्छ । यस्तो गुणकारी आलुलाई विम्ब बनाएर अरूलाई होच्याउनतिर लाग्ने कि आलुको सही रूपमा प्रयोग गर्नतिर विचार गर्ने अब आफै सोंच्नुस् ।

प्रकासित मिति

Loading...

 

yummyfood