1478958692 banner ad format

 
 

काठमाडौँ -आजकल मानिसहरु सोसल मिडियामा धेरै नै सक्रिय छन्। फेसबुक, ट्विटर, इंस्टाग्राम, स्न्याप चाट, वी च्याट ह्वाटस्एप जस्ता धेरै किसिमका सामाजिक संजालहरुले मानिसलार्इ ब्यस्त बनाइराखेको छ । तर सोसल मिडियाले मानिसहरुलार्इ रमाइलोमात्र बनाइरहेको छैन यसले बिभिन्न किसिमका समस्याहरु समेत निम्त्याइरहेको छ।

adiccion a facebook min

 

स्वाभाविकै हो सोसल मिडियमा सक्रिय रहँदा बारम्बार आफ्नो मिडिया एकाउण्ट चेक गरिरहन मन लाग्छ। म्यासेज,लाइक्स, रिप्लाइ वा कमेन्ट हेर्न वा अपलोड गर्न मन लाग्छ। आजकल बानी यस्तो परिसकेको छ कि केही घण्टा वा केही दिनमात्र पनि आफ्नो एकाउण्ट चेक गर्ने मौका मिलेन भने हामीहरुलार्इ टेन्सन हुने गर्छ।


यस्तो टेन्सन हामीहरुलार्इ मात्र होइन विश्वभरका धेरै मानिसहरुलार्इ हुने गर्छ।  यस्तै टेन्सन बढेर लत नै लागेकाले विश्वभर सोसल मिडियामा सक्रिय रहनुका नकारात्मक पक्षहरुलार्इ केलाउन थालिएको छ। विविसीको अनलाइन संस्करणका अनुसार विश्वभरनै सोसल मिडियाको लत लागेका धेरै मानिसहरु छन् जसलार्इ आफ्नो एकाउण्ट केही समयका लागि चेक गर्न नपाएमा छटपटी हुने गर्छ। 

एक्सपर्टहरु भन्छन् सोसल मिडियाको लत पनि एक किसिमको रोग नै हो। सोसल मिडियाको लत लागेका मानिसहरु अहिले यसबाट पिछा छुटाउनकालागि एक्सपर्टहरुसँग परामर्शमा जाने गरेका छन्। एक्सपर्टहरुले सोसल मिडियाको लत छुटाउने यस्तो प्रविधिलार्इ डिजिटल डिटक्स भनेका छन् अर्थात डिजिटल विषबाट मुक्ति । 
 

यो लत छुटाउनकालागि मानिसहरु बिभिन्न तरिकाहरु अपनाइरहेका छन्। एक्सपर्टहरुले सोसल मिडियाको लतको शिकारहरुको उपचार गरिरहेका छन्।

अमेरिकामा मनोबैज्ञानिकहरुले यसका लागि एक घण्टाको डेढ सय डलर अर्थात १५ हजार रुपैयाँ भन्दा बढि पैसा लिने गरेका छन्। लामो लामो सेसनकालगि एक घण्टाको पाँचसय डलरसम्म लिएर उनीहरु मानिसहरुको यो लत छुटाउनतिर लागेका छन्।
 

सोसल मिडियाको यो लत यति खतरनाक छ कि एक्सपर्टहरुले यसलार्इ रक्सी वा लागुपदार्थकै लत भन्दा भयानक मान्न थालेका छन्। अमेरिकाको न्यूपोर्ट बिच शहरमा मनोबैज्ञानिक परामर्श तथा सेवा दिइरहेकी पामेला रटलेजका अनुसार उनी मानिसहरुलार्इ सामाजिक संजालको लत कम गर्न बिभिन्न कलाहरु सिकाएर ध्यान अन्त मोड्न सिकाउँछिन्। उनी मानिसहरुलार्इ पौडी, ड्राइभिङ जस्ता काम सिकाउँछिन् तर मानिसहरु भने यि सबै छोडेर मोबाइल हेर्न थालिहाल्छन्।
 

अमेरिकाको ह्युस्टन शहरका थेरापिष्ट नाथन ड्रिस्केलका अनुसार पछिल्ला केही वर्षहरुमा सोसल मिडियाको लत  अन्य बिमारी भन्दा पनि तीब्र रुपमा बढिरहेको छ। उनीकहाँ यसबाट छुटकारा पाउन चाहनेहरुको लाम नै लाग्ने गरेको छ।अध्ययनका अनुसार यो लत बर्षेनी २० प्रतिशतका दरले बढिरहेको छ। यसबाट सोसल मिडियाको लतले महामारीकै रुप लिने संकेत समेत देखाएको छ।


 

नाथनका अनुसार पहिले मानिसहरु भिडियो र कम्प्यूटर गेमको लतबाट मुक्त हुन सल्लाह माग्न जाने गर्थे तर अहिले यो सिलसिला रोकिएको छ र  सोसल मिडियाका शिकारहरु उनीकहाँ उपचार माग्न जाने गरेका छन्।नाथन सोसल मिडियाको लतलार्इ रोग नै त मान्दैनन् तर धेरै मनोविज्ञहरुले यसलार्इ दिमागी विरामीकै रुपमा उपचार गर्ने गरेका छन्।
 

नाथनका अनुसार फेसबुक, ट्विटर र स्न्यापच्याटले हाम्रो मानसिक शान्तिमा खलल पुर्याएको छ। यसको उपचार त्यति सजिलो छैन। उनी भन्छन्- ‘रक्सी र लागुपदार्थको लत बरु सजिलै छुट्ला सोसल मिडियाको लत त्यति सजिलै छुट्दैन।’नाथनले एक घण्टाको १५० डलर लिएर उपचार गर्छन्। उनीले नियमित ६ महिनासम्म उपचार गरेपछिमात्रै मानिसहरुले यो रोगबाट छुटकारा पाउने गरेका छन्।
 

अझ छक्क पार्ने कुरा यो पनि छ कि चौबिसै घण्टा अनलाइन बस्ने लतबाट छुटकारा दिलाउनका लागि धेरै अनलाइन साइटहरु पनि सुरु भएका छन्। 

न्यूयोर्कको टल्कस्पेस कम्पनीले आफ्नो नेटवर्कबाट एकहजार थेरापिष्टको सुविधा उपलब्ध गराएको छ। यी थेरापिष्टहरुले मानिसहरुको सोसल मिडियाको लत छुटाउनकालागि अनलाइन नै मद्दत गर्ने गर्छन्। यस्ता कोर्सहरु १२ हप्तासम्मका हुने गरेका छन्। 
 

यी कम्पनीहरुले टेक्स्ट म्यासेजबाट मानिसहरुको मद्दत गर्दै आएका छन्। यसका लागि उनीहरु मासिक १३८ डलर असुल्ने गर्छन्। अनलाइन एक्सपर्टसँग कुरा गर्नकालागि कम्पनीले झण्डै चारसय डलर असुल्ने गरेको छ। जो यो लतबाट पिडित हुन्छन् उनीहरुले आफ्नो स्मार्टफोनबाट एक्सपर्टहरुसँग कुराकानी गर्छन् र उनीहरुले भने अनुसारकै उपचार बिधि अपनाउँछन् ।  स्मार्टफोनमार्फत नै एक्सपर्टहरुले उनीहरुलार्इ स्मार्टफोनको प्रयोग कम गर्ने तरिकाहरु सिकाउँछन् । 
 

कम्पनीका प्रमुख लिंडा भन्छिन् धेरै मानिसहरु पहिले आफैँ यस्ता लतबाट छुटकारा पाउने कोशिश गर्छन् तर नसकेपछिमात्र अनलाइन सहयोगहरु लिने गर्छन्। केही जानकारहरुभने यस्तो लतलार्इ कार्यक्षेत्रकै चुनौतीका रुपमा हेर्नुपर्ने बताउँछन्। उनीहरु कम्पनीहरुले पनि यसको उपचारमा ध्यान दिनुपर्नेमा जोड दिन्छन्।
 

लण्डनमा ओरियाना फिल्डिङ डिजिटल डिटक्स कम्पनी चलाउँछिन्। उनको कम्पनीले बिभिन्न कम्पनीमा कार्यरत कर्मचारीहरुको सोसल मिडियाको लतलार्इ छुटाउन मद्दत गर्छ।यसकालागि लागि उनीले वर्कशप आयोजना गर्छिन्। जो धेरै नै बिरामी छन् तिनीहरुकालागि हेल्प मोडलहरुबारे जानकारी दिइन्छ । यसकालागि उनी दैनिक ७४८ डलर फि असुल्ने गर्छिन्। 

जानकारहरुको भनाइमा सोसल मिडियाको लत छुटाउनकालागि केवल एक्सपर्टको मात्र विश्वासमा नपरौं। केवल  विकेन्डको कोर्स वा एक हप्ताको कोर्स गरेर मात्र यो लतबाट छुटकारा पाउन सकिँदैन। यसबाट केही दिनकालागि त यो लत छुट्न सक्ला तर यो दिर्घकालीन उपाय भने होइन। केही दिनपछि मानिस फेरि पुरानै आदतमा फर्किन सक्छ । नेशन ड्रिस्केलका अनुसार लत छुटाउनकालागि केही दिन स्मार्टफोनबाट टाढै रहनुपर्छ। प्राकृतिक दृश्यावलोकन गर्ने  प्रकृतिसँग नजिक रहेर समय बिताउन कोशिश गर्नाले पनि धेरै नै सहयोग पुग्दछ।

 

धेरै कम्पनीहरुले मानिसको डिजिटल जिन्दगी र सामान्य जिन्दगीबीच तालमेल मिलाउन मद्दत गरिरहेका छन्। जर्मनीको अफटाइम कम्पनीले पनि यस्तै सेवा दिइरहेको छ। आफ्ना ग्राहकहरुलार्इ सोसल मिडिया प्रयोग गर्नमा नियन्त्रण गर्नकालागि  यो कम्पनीले मद्दत गर्दै आएको छ। यसले डिटक्स वर्कशपहरु समेत आयोजना गर्दै आएको छ।

सोसल मिडियाको लत छुटाउनकालागि कुनै पनि तरिका छैन । आफैंले आफ्नो आदतमा नियन्त्रण गर्ने र बानीब्यहोरा परिवर्तन गर्नै पर्छ। स्मार्टफोनबाट केही दुरी नै राख्ने गर्नुपर्छ। यदि तपाइको लत ज्यादै नै छ भने विशेषज्ञको सहयोग समेत लिनुपर्ने हुन्छ। तपार्इको रोग निकै गम्भीर हुनुभन्दा पहिले नै आफूलार्इ नियन्त्रण गर्ने तर्फ लागौं। यो रोगलार्इ गम्भीर हुनुभन्दा पहिले नै पहिचान गरी आत्मनियन्त्रण गर्न सकिन्छ। विश्वभर नै चुनौतीका रुपमा देखिएको सोसल मिडियाको प्रयोगलार्इ लतका रुपमा होइन सिमित अवधिका लागि मात्र प्रयोग गरौं।  bizmandu 

प्रकासित मिति

Loading...

 

yummyfood