1478958692 banner ad format

 
 

सोलुखुम्बु । काँकु सोलुखुम्बुका– १२ वर्षीय पेमनुरु शेर्पाले आज सदरमुकामस्थित साप्ताहिक हाटमा ५० मुठा निउरो बेचे । प्रतिमुठा २० रुपैयाँका दरले एक हजार रुपैयाँ कमाएका उनले बजार आउदा खाजा÷खाना खाएर बचेको ६ सय रुपैयाँले कापी÷कलम किनेर लैजाने बताए । 

District News SOLUKHUMBU student

कक्षा ५ मा पढ्दै गरेका पेमनुरुले यसवर्ष नियमित निउरो बेचेको पाँचौं हप्ता हो, निउरो नपाउने समयमा सिस्नुको मुन्टा बेच्ने गरेको बताउने उनी शुक्रबार घरछेउमा रहेको जङ्गलमा निउरो तथा सिस्नु सङ्कलन गर्ने र शनिबार बिहान– २ बजे हिँडेर पाँच घन्टापछि सल्लेरी आइपुग्ने र सामान बेचेर बेलुका घरै फर्कने गरेको बताउँछन् । 

आफूलाई चाहिने किताब कापी, कलम किनिसकेपछि विद्यालयमा चाहिने खाजाखर्च छुट्याउने र पैसा बाँकी रह्यो भने घरमा चाहिने नुन, तेल, मसला पनि किनेर लैजाने शेर्पा बताउँछन् । उनको हरेक शनिबार यसरी नै बित्ने गरेको तीन वर्षभयो । उनी वर्षैभरी जङ्गलमा फल्ने, उम्रने निउरो, च्याउदेखि सिस्नुसम्म ल्याएर बजारमा बेच्ने गर्छन् । पेमनुरुले भने, ‘घरमा कमाइ राम्रो छैन, आफ्नो खर्च आफंै कमाउनुपर्छ, यत्ति दुःख नगरे त स्कुल जान पाइदैंन ।’ 

पेमनुरु जस्तै सल्लेरी पारी जैदु की– ११ वर्षीय बालिका निङमा ल्हामु तामाङ पनि कक्षा ५ मा पढ्छिन् । तर शनिबार झिसमिसेमै घरबाट सदरमुकाम सल्लेरीमा हाट बजारमा साग ल्याएर बेच्ने गरेकी छिन् । आजको हाटमा पनि निङमाले आफूले बोक्नसक्ने २० मुठा साग ल्याएर डेढ घन्टामै बेचिन् । निङमाले भनिन्, “अब यो पैसाले ओपिटी किताब किन्छु, कापी किन्छु अनि भोलि स्कुल जान्छु ।” 

पेमनुरु र निङमा जस्तै सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा लाग्ने शनिबारे हाट बजारमा आजकाल पाँच÷छ कक्षामा पढ्दै गरेका बालबालिका व्यापारिको रुपमा निक्कै आउने गर्छन् । घरमा बुबाआमाको आयस्रोत राम्रो नभएपछि पढाइखर्च जुटाउन अहिले ती बालबालिका साप्ताहिक हाटबजारका लागि शनिबार कुरिरहेका हुन्छन् । अझ अहिले नयाँ शैक्षिक सत्र पनि सुरु नभइसकेकाले यस्ता बालबालिका हाटबजारमा बढी देखिने गरेका छन् । 

काँकुस्थित कोफुकी दिलमाया राईले भने आफूसँगै आफ्नी १० वर्षीय छोरीलाई पनि राति १ बजे नै घरबाट हिँडाएर निउरो बेच्न बजार ल्याएकी थिइन् । आफ्नो छोरीलाई बजार ल्याउनुमा भने उनले अर्कै कारण बताइन् । उनले भनिन्, ‘बच्चालाई यसरी बजारमा ल्याएपछि पैसा कमाउन कत्ति दुःख हुदोरहेछ भनेर थाहा पाउछन्न् । अनि कापी कलमको जतन गर्छन्, पैसोको महत्व थाहा पाउँछन् । त्यसपछि पैसा पनि कम खर्च गर्छन् ।’ 

धेरै बालबालिका न्यानो गरी सुतिरहँदा यी बालबालिका भने पढाइखर्चकै जोहो गर्न मेहेनत गरिरहेका छन् । दिलमाया राईले भनिन्, ‘सरकारले निःशुल्क पढाइ अभियान भनेर के गर्नु, ? स्कुलले खै के के शुल्क भनेर पैसा लिइहाल्छ ।’ उनले प्रश्न गरिन्, ‘निःशुल्क भर्ना गर्छु भन्नेले कापी कलम पनि सित्तैमा दिनुपर्दैन ? अनि पो सबै बच्चा स्कुल जान पाउँछन् ।’ 

अहिले सोलुखुम्बुका चार प्रतिशत बालबालिका विद्यालय जानबाट वञ्चित रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । वैशाख १ गतेबाट भर्ना अभियान सुरु गरे पनि पढाइखर्च जुटाउन नसक्दा अधिकांश बालबालिका सानैमा विद्यालय छाडेर खुम्बुमा पर्यटकको भारी बोक्न जाने गरेका छन् । जिल्ला शिक्षा अधिकारी डिकबहादुर राईले भने, “यस पटक सबै बालबालिकालाई विद्यालयसम्म पु¥याउने हाम्रो अधियान छ ।” 

देशलाई नै पूर्ण साक्षर बनाउने दौडमा लागेको सरकारले भर्ना अभियान चलाइरहँदा कापी कलमको खर्च पनि निःशुल्क गरिदिनुपर्ने अभिभावकको माग छ । 

प्रकासित मिति

Loading...

 

yummyfood