annapurna add

बिहानको घाम झुल्केसँगै छ दशक पार गरेका साइला गुरुङ सेती नदीको किनारमा पुग्छन् । बालुवा चाल्ने र बोकेर बाटोमा ल्याउने उनको दैनिकी जस्तो नै छ ।

उमेर ढल्की सकेकाले शरीरमा तागत छैन, तै पनि सकी नसकी लौरो टेकेर आफूले चालेको बालुवा बोरामा राखेर बिसाउँदै गर्दै उनले बाटोमा ल्याउने गर्दछन् । सानैमा बाबुआमाको मृत्यु भएकाले उनले पढ्न पनि पाएनन् । 

घरपरिवारमा को को छ नि सोध्दा उनले नियाउरो मुख लगाउँदै कोही पनि छैनन्, म मात्रै एक्लो हो भनी जवाफ दिए । “कुनै पेसा व्यवसाय नभएकाले मलाई कसैले पत्याएनन्, अहिले पनि म अविवाहित नै छु” “उनले दुःखेसो पोखे । लमजुङको एक दुर्गम गाउँमा जन्मेका उनी सानै उमेरदेखि ज्यामी काममा लागेर जीवन निर्वाह गर्दै आए । उमेर ढल्कदै गएपछि दिनभरि काम गर्न नसक्ने र ठेकेदारले बढी खटाउन थालेकाले ज्यामी काम छोडेर केही वर्षदेखि सेती नदीको बालुवा बोक्दै आएको उनी बताउँछन् । 

उनले ठेकेदारको दैनिक १५÷२० बोरा बालुवा बोक्ने गर्दछन् । एक बोरा बालुवा माथि बाटोमा ल्याएबापत उनले रु २५ पाउने गर्दछन् । यही पैसाले आफ्नो जीविका चलाउँदै आएको साइला गुरुङ बताउँछन् । नसक्ने भएपछि के गर्नु हुन्छ त भन्दा उनले “सकिन्जेल यही बालुवा बोक्छु, नसकेपछि भगवानले बाटो लाउलान् नि” उनको जवाफ थियो । 

अर्का उत्तिनै उमेर गरेका गोविन्द रिजालको दैनिकी पनि उस्तै नै छ । तनहुँको घाँसीकुवा घर भएका रिजालले दुई दिनमा एक टिप बालुवा बोकेर बाटोमा ल्याउने गरेको बताउँछन् । टिप पु¥याएपछि तुरुन्तै मिनी ट्रक आएर ग्राहक कहाँ लाने गरेको उनले जानकारी दिए । एक टिप बालुवा पु¥याएपछि १६÷१७ सय आउने र त्यसैले परिवारको गुजारा चलाउने गरेको उनले बताए । अरु मजदुरी काममा भन्दा बालुवा बोक्दा फाइदा हुने गरेकाले आफू झन्डै दश वर्षदेखि यस काममा लागेको उनी बताउँछन् । 

उदयपुर जिल्ला घर बताउने ४३ वर्षीय भीम मगर र काठमाडौँ साँखुका ३७ वर्षीय प्रेम श्रेष्ठले पनि धेरै वर्षदेखि सेती नदीको किनारबाट बालुवा बोक्ने गरेको बताउँछन् । बिहान उज्यालो भएदेखि बेलुकासम्म दैनिक २०÷२५ बोरा बालुवा बोक्ने गरेको उनीले बताए । 

सेती नदीको बालुवा बोकेर सयौँ जनाले जीविका चलाइरहेको पाइन्छ । वर्षायाम सुरु भएपछि असार, साउन महिना मात्र बालुवा बोक्ने काम बन्द हुन्छ र नदीको पानी सुक्दै गएपछि १० महिना जति बालुवा चाल्ने र बोक्ने मानिसको धुइरो जस्तो नै हुन्छ । हिउँदभरि मजदुरले किनारमा थुप्रेको बालुवा बोकी सक्छन् र वर्षामा बाढीले फेरि त्यही ठाउँमा बालुवा ल्याएर थुपारिदिएको हुन्छ । 

हजाराँ मजदुर बिहानदेखि बेलुका साँझसम्म त्यही काममा व्यस्त हुने हुनाले व्यापारीले चिया खाजा बिक्री गर्न त्यही पुर्याउने गरेको पाइन्छ । 

घर निर्माण गर्ने घरधनीलाई चालेको बालुवा पहिलो रोजाइमा पर्ने गर्दछ । घर निर्माणका लागि उपयुक्त हुने हुनाले बाटोमा पु¥याउनासाथ खरिद गर्न खोसाखोस जस्तै हुने गर्दछ । बालुवा ढुवानी गरेर लैजान लागि सयौँ मिनी ट्रक लाइनबद्ध भएर बसेका हुन्छन् । 

जिल्ला विकास समिति कास्कीले बर्सेनि टेण्डरबाट खानी ठेक्का दिने गर्दछन् । यस वर्ष रामघाटको खानी टेण्डर बढाबढबाट रु दुई करोड ६६ लाख ६६ हजार ६६९ मा ठेकेदार प्रेमबहादुर विश्वकर्मालाई दिइएको समितिका लेखा अधिकृत विष्णु शर्माले जानकारी दिनुभयो । 

पोखराको रामघाटमा प्रकाश ढुवानी सेवा सञ्चालन गर्दै आएका प्रकाश पहारीले एकै वर्षमा रामघाटको खानीबाट मात्रै रु तीन करोड ५० लाख भन्दा बढीको बालुवाको कारोबार हुने गरेको बताउनुभयो । रासस 

पोखरा, ४ फागुन ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...