1478958692 banner ad format

 
 

सिरहा । सोमबार कमला नदीमा दुई किशोरको शव फेला परेको छ । साउने पूर्णिको पानी भर्न गएका दुई किशोरलाई सिरहाको बन्दिपुर-१ कमला नदीको उत्तरवाहिणीबाट शनिवार बाढिले बगाएको थियो ।

गोलबजार-४, निपनीयका १५ वर्षीय मन्जय महरा र राहुल राउतको शव फेला परेको हो ।

महराको शव भारतीय सीमाक्षेत्रका बजार जयनगर नजिक कमला नदीको पुलमुनि फेला परेको हो भने राउनको शव कर्जन्हा-७ स्थित कमला नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी माधवराज खरेलले बताए ।

दुवैको शव जिल्ला अस्पताल सिरहा ल्याउने तयारी भइरहेको छ । शनिबार कमला नदीले ३ जनालाई बगाएको थियो । जसमध्ये सिरहा औरही गाउँपालिका ३ तुलसिपुरका २० वर्षीय कृष्ण महतोको शव हिजो धनुषाक्षेत्रको कमला नदी किनारमा फेला परेको थियो ।

पहाडी क्षेत्रमा बर्षा भएकाले कमलामा दुई दिनदेखि पानीको वहाव बढेको थियो । पानीको बहावलाई ख्याल नगरी एकैपटक नदीको बीच भागमा गएकाले उनीहरू बगेका हुन् । बाढीको समय भएकोले होशियारीपूर्वक नदीमा पस्न समेत प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood