1478958692 banner ad format

 
 

बुटवल । छात्रामाथि यौन दुर्ब्यवहारको आरोपमा बुटवल ११ नहरपुरमा रहेको ज्ञानपुञ्ज सेकेन्डरी इंगलिस बोर्डिङ स्कुलका प्रिन्सीपल तोयाराम पौडेललाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ ।

विद्यालयको होस्टेलमा बस्ने कक्षा १० कि छात्रामाथि अभद्र ब्यवहार गर्ने, गोप्य अङ्गहरु छुने, छात्राहरूलाई राति एक्लै बोलाएर बलात्कारको प्रयाससम्म गर्ने गरेको आरोप अभिभावक र स्थानीयले लगाएका छन्।

पिडित छात्राले आफ्ना आमाबुबासंग प्रिन्सीपल पौडेलले गरेको दुर्ब्यवहार बारेमा बताएपछि घटना बाहिर आएको हो । घटना बाहिर आएपछि अभिभावकहरुले पीडक माथि हदैसम्मको कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् । प्रहरीले घटनाको अनुसन्धानको प्रकृया अघि बढाएको जनाएको छ ।

उता प्रिन्सीपल पौडेलले भने आफूबिरुद्ध षड्यन्त्र भएको बताएका छन् ।

प्रकासित मिति

Loading...

 

yummyfood