बुटवल । रुपन्देहीमा चरंगेमा १६ वर्षीया किशोरीको सामुहिक बलात्कार भएको छ । बलात्कारको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
रुपन्देहीको देबदह नगरपालिका वडा नम्बर १० चरंगेमा चलिरहेको मेला घुमेपछि नजिकै रहेको शिबनगर जंगलमा मोटरसाइकलमा पुर्याएर सामुहिक बलात्कार गरेको पीडितको जाहेरी छ ।
घटनामा संलग्न भएको आरोपमा रुपन्देही देवदह नगरपालिका- १० का ३५ वर्षाीय उदय थापा र वुटवल उपमहानगरपालिका-७ का २६ वर्षीय कृष्ण थापालाई पक्राउ परेको छ । पक्राउ परेका उदय काठको काम गर्छन् भने कृष्ण गाडी स्टाफ हुन् ।
किशोरी र अभियुक्त चिनजानकै भएको खुलेको छ ।
प्रकासित मिति