tealaya add

lutpat

काठमाडौँ। काठमाडौँमा डेरा गरि बस्दै आएकी जापानी नागरिक लुटिएकी छिन् । काठमाडौ महानगरपालिका–६ बौद्ध तीनचुली डेरा गरी बस्ने ४० वर्षीय जापानी नागरिक सुमिजु तेञ्जीको रु दुई लाख आज लुटपाट भएको छ । उनि बसेको कोठा भित्र पसी अपरिचित समूहले सुमिजुलाई खुकुरी प्रहार गरि साथमा रहेको नगद लुटपाट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले फरार लुटेराहरुको खोजी गरिरहेको छ । घाइते सुमिजुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...