1478958692 banner ad format

 
 

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरी द्रुत टोली परिचालन कार्ययोजना बुधबारबाट लागू गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बुधबारबाट लागू हुनेगरी ट्राफिक प्रहरी द्रूत टोली परिचालन कार्य योजना लागू गरिएको घोषणा गरेका हुन् ।

दसैं, तिहारजस्ता चाडपर्वमा ट्राफिकको उचित व्यवस्था गर्न र जनताको जीउधनको सुरक्षा गर्ने कार्यलाई अझै प्रभावकारी बनाउन बुधबारबाट सो कार्ययोजना लागू गरिएको हो ।

एक महिने सो अभियानमा ५५ वटा मोटरसाईकल परिचालन गरिएको छ । चार पाङग्रे सवारी साधनका कारण अपराध नियन्त्रणमा कठिनाई भएपछि मोटरसाईकल परिचालन गरी सो कार्ययोजना संचालनमा ल्याउनु परेको प्रहरी महानिरीक्षक खनालले जानकारी दिए ।

उपत्यकाको नागरिकको सुरक्षा र ट्राफिकको उचित व्यवस्थापनका लागि सो टोली परिचालन गरिएको हो । टोली काठमाडौं उपत्यकाभरि परिचालित हुनेछन् ।

प्रकासित मिति

Loading...

 

yummyfood