काठमाडौं । सत्तारुढ नेकपाको आइतबार बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । आज स्थगित बैठक सोमबार बिहान ८ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को कार्यव्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ ।

अपरान्ह ४ बजे बस्ने भनिएको बैठक स्थगित गरिएको सूचना ४ बजे नै ओलीको सचिवालयको तर्फबाट जारी गरिएको थियो ।

शीर्ष नेताहरुको विदेश भ्रमणका कारण ५ असोजदेखि नेकपा केन्द्रीय सचिवालयको बैठक बस्न सकेको छैन ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...