बनेपा । काभ्रेको बेथानचोक गाउँपालिकाको कालिका माविमा अध्यनरत दुई बालिकालाई कक्षा कोठामै बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय काभ्रेले सोही विद्यालयका शिक्षक शंकर पहरीलाई पक्राउ गरेको छ ।

सोही विद्यालयको कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुई बालिकालाई ललाई फकाई र धम्काएर निरन्तर एक वर्षदेखि बलात्कार गरेको आरोप शिक्षक पहरीमाथी छ ।

उनले कक्षाकोठामा अन्य विद्यार्थीलाई गृहकार्य गर्न लगाउने र उक्त बालिकालाई अन्तिम बेन्चमा राखेर यौन अंगमा औलाले चलाउने गरेको पिडित बालिकाले बताएकी छन् ।

गत असोज १० गते दिउँसो खाजा खाने समयमा कक्षामा कोही नभएको मौका छोपी अभियुक्तले बलात्कार गरेको जाहेरीमा उल्लेख छ । आरोपित शिक्षकले बालिकालाई कसैलाई भनेमा सबैको अगाडि पिट्ने धम्की दिएर कक्षा चारदेखि नै यौन अंग चलाउने गरेको बालिकालाई उद्धृत गर्दै आमाले बताएकी छन्।

आरोपित सामाजिक तथा नैतिक विषयका शिक्षक पनौती नगरपालिका १० खोपासीमा बस्दै आएका छन्। पीडितको जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर