काठमाडौं– राजधानीको बालाजुस्थित तिनपिप्लेबाट प्रहरीले पाँच किलो सुन सहित एकजनालाई नियन्त्रणमा लिएको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको बसमा सवार रसुवाका शोबहादुर तामाङले बोकेर आएको सुन सहित उनलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

केरुङ नाका हुँदै आएको उक्त सुनका भरिया तामाङले बेल्टमा बाँधेर ल्याएको उक्त सुन प्रहरीले तिनपिप्लेबाट बरामद गरेको थियो । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा सरकारले कडा कदम चालेपछी पछिल्लो समय केरुङ नाकाबाट हुने सुनको तस्करी बढेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...