1478958692 banner ad format

 
 

काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती पुनः नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले उप्रेतीलाई आइतबार नियुक्त गर्नुभएको हो । उप्रेती एक कार्यकाल उपकुलपति र यस अघिको कार्यकालमा पनि कुलपति हुनुहुन्थ्यो ।

त्यस्तै प्रतिष्ठानको रिक्त सदस्यसचिवमा नेपाल संस्कृत विश्वविद्यालयका प्रा जगतप्रसाद उपाध्याय नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको अध्यक्षतामा रहेको सिफारिस समितिको सिफारिशमा उहाँहरुको नियुक्ति भएको हो ।

अन्य प्राज्ञ परिषद् सदस्यको नियुक्तिको पनि तयारी गरिएको छ । तीन वटै प्रज्ञा–प्रतिष्ठानमा गत भदौ १९ गते पदाधिकारी रिक्त भएका थिए ।

प्रतिष्ठानका नवनियुक्त कुलपति गङ्गाप्रसाद उप्रेतीले आइतबार नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood