1478958692 banner ad format

 
 

कपिलबस्तु । प्राचीन बुद्धनगरी कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागी भएका छन् । उनी कांग्रेसको तर्फबाट कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा बुद्ध सिद्धार्थनगरमा जन्मिएको दाबीसहित प्रचार गरिएको थियो । उत्तर प्रदेश सरकारले बुद्ध भारतमा जन्मेको आक्रामक प्रचार गरिरहँदा नेपालकै सांसद उपस्थित भएर समर्थन जनाउँदा गलत सन्देश गएको छ ।

कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यनाथ प्रमुख अतिथि र भाजपा केन्द्रीय सांसद गदम्बिका पाल तथा सांसद शाह विशिष्ट अतिथि थिए ।

बुद्धबारे गलत सन्देश प्रचार गर्न आयोजित कार्यक्रममा उपस्थित शाहले परराष्ट्र मन्त्रालय र संघीय संसदबाट पनि अनुमति लिएका थिएनन् ।

सांसद शाहले भने मुख्यमन्त्रीले निम्तो गरेको कार्यक्रममा आफु गएको र आफुलाई अरुले प्रचार गरेको केहि कुरा थाहा नभएको बताए ।

 

प्रकासित मिति

Loading...

 

yummyfood