काठमाडौं । राष्ट्रवादी केन्द्र नेपालको बृहत राष्ट्रवादी संस्कृतिक कार्यक्रम भव्यतापुर्वक सम्पन्न भएको छ ।

नजिकिँदै गरेकाे बडा दशैं, शुभदिपावली, छठ पर्व तथा नेपाल सम्बत् ११३९को उपलक्ष्यमा भएको शुभकामना आदानप्रदान, बृहत राष्ट्रवादी संस्कृतिक कार्यक्रम का साथै चियापान कार्यक्रम बसन्तपुरको (हनुमान ढोका) काठमाडौमा भब्यताका साथ सफल भएको हो ।

43161176 2474907409194002 3427441690992967680 n

राष्ट्रिय कलाकार जीवन शर्मा, लोकनाथ सापकोटा र जे पापी ज्युलगायतको उपस्थितिमा भएको उक्त कार्यक्रममा राष्ट्रिय भावनाका थुप्रै गीत तथा नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । कार्यक्रम मध्यान्न १२ बजे बाट सुरु भएर करिब ४ बजे सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा केन्द्रका रास्ट्रवादी अध्यक्ष चन्द्र बहादुर थापाले बाचन गरेको शुभकामना सबैले संगै दोहोर्याएर  शुभकामना आदान प्रदान गरिएको थियो । रास्ट्रवादी विद्यार्थी संघका केन्द्रिय अध्यक्ष तारा अर्यालले देशको खास अवस्थालाई बुझेर चाडपर्वमा संचित सामर्थ्यलाई रास्ट्रनिर्माणमा लगाउने संकल्प गर्ने प्रेरणा यस कार्यक्रमबाट प्राप्त हुने बिस्वास राख्नु भयो ।

रास्ट्रवादी केन्द्र नेपाल नेपाली युवाहरूलाई स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्नु पर्ने मुख्य माग लिएर लामो समय देखि संघर्षरत छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...