काठमाडौं । तेह्रथुम फेदाप गाउँपालिका २ मजुवाका ५० वर्षीय खड्गबहादुर जोगी ५ वर्षअघि वैदेशिक रोजगारीका लागि युएई गए। परिवारको लालनपालन र सुरक्षित भविष्यको सपना बोकेर आबुधावीको अल जुर्फ डेभलपमेन्ट प्रोजक्ट कम्पनीमा सुपरभाइजरको काम गर्न पुगेका थिए जोगी। तर उनको सपनामाथि ५ महिना नवित्दै बज्रपात प-यो। आफू सँगै काम गर्ने फिलिपिनी नागरिकको हत्याको आरोपमा उनले ५ वर्षको जेल सजाय र २ लाख दिराम (६२ लाख रुपैयाँ) जरिवाना भोग्नुप-यो। अहिले आबुधावी जेलमा उनको ४ वर्ष ७ महिना पुग्यो। अब उनी रिहा हुन ५ महिना बाँकी छ। तर उनले ब्लडमनी स्वरूप ६२ लाख मृतक फिलिपिनी नागरिकको परिवारलाई बुझाउन नसके मृत्युदण्ड भोग्नुपर्नेछ।

के भएको थियो घटना ?

२०१४ अगस्ट २० मा खड्गबहादुर एक फिलिपिनाे, दुई पाकिस्तानी सहकर्मीसँग कार्यस्थलतिर गइरहेका थिए। त्यसक्रममा पाकिस्तानीले प्रार्थना गर्ने भन्दै बीच बाटोमा गाडी रोक्न लगाए र चालक र ऊ प्रार्थना गर्न निस्किए। गाडीमा फिलिपिनाे र खड्गबहादुर थिए। खड्गबहादुर अगाडि सीटमा थिए भने फिलिपिनो पछाडी थिए। केही समयपछि लुकिङ ग्लासमा खड्गबहादुरको नजर पर्यो। त्यहाँ उनले फिलिपिनो गाडीको पछाडी सडकमा छट्पटाइरहेको दृश्य देखे। तत्कालै उनी ओर्लिएर आफ्नो कम्पनीमा फोन गरेर फिलिपिनोको अवस्थाबारे जानकारी गराए। कम्पनीले अस्पताल लैजान निर्देशन दियो। उनले आफै गाडी हाँकेर अस्पताल पु-याए। उपचारको क्रममा राति १२ बजे फिलिपिनाेकाे निधन भयो। त्यसपछि प्रहरीले उनलाई अनुसन्धानका लागि भन्दै पक्राउ गरेर हिरासतमा लियो। मुद्दा अदालतसम्म पुग्यो। उच्च अदालतले उनलाई हत्या गरेको आरोपमा दोषी ठह-याई ५ वर्ष कैद र २ लाख दिराम जरिवानाको फैसला सुनायो। सडकमा छट्पटाइरहेका आफ्नै सहकर्मी फिलिपिनोलाई बचाउन खोज्दा खड्गबहादुर आफै फसे।

ब्लडमनी जुटाउँदै ‘खड्गबहादुर जोगी बचाउ’ अभियान

उनी अहिले आबुधावीको एक जेलमा ५ वर्षे सजाय काटिरहेका छन्। उनी अब जेलमा बस्नुपर्ने अवधि धेरै छैन्। अदालतको फैसलाअनुसार उनी ६ मार्च २०१९ मा रिहा हुनुपर्छ। तर, त्यसका लागि समयमै ब्लडमनी बुझाउनुपर्ने हुन्छ। परिवारको आर्थिक अवस्था कमजोर भएका कारण केही पैसा कमाउन विदेशिएका जोगीले ब्लडमनी वाफतको ६२ लाख रुपैयाँ जुटाउन सक्ने अवस्था छैन्।

५ वर्षअघि धन कमाउन युएई गएका जोगीको परिवारमा आमा बुवा, श्रीमती र दुईटा छोरी छन्। घरको एक मात्र कमाउने खड्गबहादुर जेल परेपछि उनको परिवार आर्थिक संकटमा छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...