बागमती अञ्चलमा नयाँ मोटरसाइकल र स्कुटरको दर्ता रोकिएको छ ।

यातायात व्यवस्था नियमावलीमा २ डिजिटको लट नम्बर राखेर मात्रै सवारी दर्ता गर्नुपर्ने प्रावधान छ । बागमती अञ्चलमा ९९ लटका सबै नम्बर सकिएको र तीन डिजिटको संकेत अक्षर (लट नम्बर) दिन नियमावली संशोधन गर्नुपर्ने भएकाले नयाँ मोटरसाइकल/स्कुटरको मंगलबारदेखि दर्ता रोकिएको हो।

 यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्यायले नियमावली संशोधनका लागि प्रस्ताव मन्त्रिपरिषदमा पुगिसकेको बताए । उनले अब तीन डिजिटमा पनि लट नम्बर राखेर सवारी दर्ता गर्न सकिने गरी नियमावली संशोधन हुने बताए ।

बाग्मतीमा दर्ता भइसकेका मोटरसाइकलको संख्या १० लाख पुगेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...