दाङ । खोला र वनको जग्गामा सुकुम्बासीहरुले बनाएका ५० टहरा आज वन कार्यालय, वडा प्रहरी कार्यालय र घोराही उपमहानगरपालिका वडा नम्बर १३ र १४का वडाध्यक्षले भत्काएका छन्।

घोराहीको सेवार खोलाको वारी १३ नम्बर वडाको जग्गा र १४ नम्बरमा रहेको बहुउद्देश्यीय पशुपति महिला सामुदायिक वन समूहको जग्गामा केही व्यक्तिले जबर्जस्ती केही दिनदेखि टहरा बनाउन सुरू गरेका थिए।

टहरा बनाउँदै गरेका स्थानीयवासी भने आक्रोशित भएका छन्। उनीहरूले आफूहरूको बास नभएकाले जति भत्काए पनि फेरि बनाउने भन्दै वनका कर्मचारीसँग झगडा गरेका थिए।

बुधबार अपराह्नदेखि सेवार खोलाका छेउमा रहेको सामुदायिक वनको जग्गाका करिब ५० परिवारले एकै पटक टहरा निर्माणको काम थालेका थिए। सामुदायिक वनका पदाधिकारीले भत्काउन आग्रह गर्दा नमानेपछि वन कार्यालयका सुरक्षाकर्मीले उक्त टहरा भत्काएका थिए।

वनको जग्गा अतिक्रमणमा परेको थाहा पाएपछि आफूहरू तुरुन्त कारबाहीमा उत्रिएको वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिए।

उनले कुनै पनि हालतमा आफूहरूले वनको जग्गा अतिक्रमणमा पर्न नदिने बताए।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...