1478958692 banner ad format

 
 
म्याग्दी- धौलागिरी गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणमा जाँदा हिमआँधीमा ज्यान गुमाएका ९ जनाको शवलाई वेस क्याम्पमा ल्याइएको छ ।
आइतबार बिहानै सिम्रिक एयरको हेलिकोप्टरमार्फत शव वेस क्याम्प ल्याइएको हो ।
जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रमुख डिएसपी वीरबहादुर बुढा मगरले मृतक मध्ये ६ जनाको शवलाई वेस क्याम्पबाट पनि सुरक्षित स्थानमा सारिएको बताए ।
‘६ जनाको शवलाई गुर्जा गाउँमा ल्याइएको छ’, मगरले भने, ‘अन्य शवलाई पनि ल्याउने क्रम जारी छ ।’
दिउँसो १२/१ बजेदेखि हावा, हुरी चल्ने भएकाले शवलाई नजिकै रहेको गुर्जा गाउँसम्म ल्याइएको हो ।

प्रकासित मिति

Loading...

 

yummyfood