tealaya add

डोटीमा एक ७४ वर्षीया वृद्धा बलात्कृत भएकी छन्। बड्डीकेदार गाउँपालिका- ३ की ७४ वर्षीया बृद्धालाई छिमेकी गाउँ जादै गर्दा २२ वर्षीय एकेन्द्र धामीले बलात्कार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक ध्रुव बिष्टका अनुसार बलात्कार गर्ने व्यक्ति पक्राउ परिसकेका छन्। घटना ज्येष्ठ नागरिक दिवसकै दिन भएको थियो। पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले एकेन्द्रलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए।

डोटीमा पछिल्लो समय लगातार बलात्कारका घटना हुन थालेका छन्। साउन यता पाँचवटा बलात्कारका घटना भएका छन्। तीमध्ये दुई बालिका, एक महिला, एक ज्येष्ठ नागरिक र एक अपाङ्ग रहेका छन्।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...