1478958692 banner ad format

 
 

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास समितिमा विहीबार पत्रकार र सञ्चारकर्मीलाई अपमानित गरेको नेपाल पत्रकार महासंघले ठहर गरेको छ ।

पत्रकार महासंघले एक विज्ञप्ति जारी गर्दै समितिको बैठकमा मन्त्री बास्कोटाले अभद्र ढंगले प्रस्तुत हुँदै आमसञ्चार क्षेत्रमाथि आक्षेप लगाउनु आपत्तिजनक भनेको छ । मन्त्री बास्कोटाले पत्रकारहरुलाई ‘दशैँ आएको छ, खर्च पुगेन भने लिन आउनु भनी दिएको अभिव्यक्तिले आम पत्रकारहरुको अपमान भएको विज्ञप्तिमा उल्लेख छ ।

महासंघले सिंगो प्रेसजगतप्रति आक्षेप र अपमानजनक व्यवहार बन्द गर्न र सबै सञ्चार माध्यमप्रति समान व्यवहार देखाउन सरकारसँग माग गरेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood