1478958692 banner ad format

 
 

water 3

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले देशभर मेघ गर्जनसहित वर्षा हुने जनाएको छ । आज (मंगलबार) देशका पूर्वी तथा भू–भागका केही स्थानहरुमा र पश्चिमी भू–भागका  थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने महाशाखाद्वारा जारी बुटेलिनमा उल्लेख  छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पूर्वी सामान्यदेखि पूर्ण बदली रहने छ भने मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बललि रही देशका केही स्थानहरुमा मेघ गर्जन तथा हावाहरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । 

यस्तो छ आगामी तिन दिनको मौसम 

जेठ २८ गते (मंगलबार)

दिउँसो : देशभरिनै आंशिकदेखि सामान्य बदलि रही पूर्वी तथा मध्य  भू–भागका केहि स्थानहरुमा र पश्चिमी  भू–भागका थोेरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति : देशको पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदलि रही देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ २९  गते (बुधबार)

दिउँसो : देशभरिनै आंशिकदेखि सामान्य बदलि रही पूर्वी तथा मध्य  भु–भागका केहि स्थानहरुमा र पश्चिमी  भू–भागका थोेरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति : देशभरिनै आंशिकदेखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

जेठ ३०  गते (बिहीबार)

दिउँसो : देशभरिनै आंशिकदेखि सामान्य बदलि रही पूर्वी तथा मध्य भू–भागका केहि स्थानहरुमा  र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति : देशको पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदलि रही पूर्वी तथा मध्य भू–भागका केहि स्थानहरुमा  र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
 

 

प्रकासित मिति

Loading...