tealaya add

stu

कैलाली बम विस्फोटमा ज्यान गुमाएका राम सिंह राजेशको शुक्रबार कैलालीमा अन्त्यष्टि गरिएको छ । राजेशको आफन्त र नेकपा नत कार्यकर्ताले कैलालीको मोहन नदीमा अन्त्यष्टि गरेका हुन । बिहिबार कैलाली बम बिस्फोटमा ज्यान गुमाउने राजेशलाई बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले सहिद घोषणा गरेको छ । यसैबीच राजेशको अन्त्यष्टिमा सहभागी हुने क्रममा प्रहरीले अखिल (क्रान्तिकारी) का एक जना नेता र मृतक राजेसकी फुफुलाईलाई समेत गिरफ्तार गरेको छ ।

राजेशको शवयात्रामा सहभागी भई फर्किने क्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश जप्रेल र राजेसकी फुफु राजकान्ती सिंहलाईलाई प्रहरीले शुक्रबार धनगढीबाट गिरफ्तार गरेको हो । यता क्रान्तिकारीले आफ्ना नेतालाई बिना कारण गिरफ्तार गरेर हिरासतमा राखेको भन्दै आपत्ति जनाएको छ । उक्त सङ्गठनका सेतिमहाकाली क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र शाहले शनिबार एक विज्ञप्ति जारी गर्दै पन्चायत कालमा समेत विद्यार्थी सङ्गठन र विद्यार्थी नेताहरुमाथि नभएको दमन अहिलेको ओली सरकारले गरिरहेको भन्दै भत्सर्ना गरेका छन् ।

प्रहरीले विद्यार्थी नेता जप्रेलसँगै पार्टी र सङ्गगठनसँग आबद्ध नै नरहेकी राजेसकी फुफु सिंहलाई पनि गिरफ्तार गरेपछि आफन्त आक्रोशित बनेका छन् । पार्टी र सङ्गगठनसँग कुं सम्बन्ध नै नभएकी सिंहलाई गिरफ्तार गरेर ओली सरकारले दुनियाँमा कहिकतै नभएको ठूलो मानवताविरोधी हर्कत देखाएकाे संयोजक शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । उनले जप्रेल र सिंहको यथासिघ्र रिहाइकाे माग गरेका छन । साथै ओली सरकारको ज्यादतीको फण्डाफोर गर्न सबैलाई आग्रह गरेका छन् । कथित कम्युनिस्ट र लोकतन्त्रको नाममा भैरहेको गुण्डागर्दी ,सम्पुर्ण मानवताविरोधी हर्कतका विरुद्धमा उभिन र यसको भन्डाफोर गर्न सम्पुर्ण पत्रकार मित्रहरू , मानवअधिकारवादी संघसंस्था , कानुन व्यवसायी , बुद्धिजीवी वर्ग लगायत आमजनसमुदाय हार्दिक अपिल गर्दछौं ।

विज्ञप्तिमा भनिएको छ । अन्यथा निर्मम संघर्षमा जाने चेतावनी समेत विज्ञप्तिमार्फत दिइएको छ । यस्ता सम्पुर्ण मानवाधिकार विरोधि कुर्कम , सत्ता र शक्तिको खोलमा भै रहेको गुन्डागर्दी रोकि गिरफ्तार सङ्गठन का केन्द्रीय सदस्य कमरेड प्रकाश जप्रेल र पार्टी र सङ्गठन सङ्ग संबंधित नरहेकी मृतक कि फुफु सर्वधारण राजकान्ती सिंह लाई निसर्त ससम्मान रिहाईका लागि जोडदार माग गर्दछौ । अन्यथा निर्मम संघर्ष गर्ने जनाकारी यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउदछौ । विज्ञप्तिमा भनिएको छ ।

पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट भएर उनी घाइते भएका थिए । सिंहको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहिबार राति ११ः१५ बजे मृत्यु भएको थियो । सिंहकाे कम्मर पछाडिको भागमा गम्भीर चोट लागेको थियो । घाइते भएसँगै माया मेट्रो अस्पताल पुर्याइएका सिंहलाई चिकित्सकले तत्काल बाहिर लैजान सिफारिस गरेका थिए । तर, थप उपचारका लागि बाहिर लैजाने प्रयास हुँदाहुँदै उनको ज्यान गयो । राम बहादुर सिंह जयपृथ्वी नगरपालीका वडा नं. १ कैलास पिमीका स्थायी बासिन्दा हुन् ।

थप समाचार 

मृतक राम सिंहको दाहसंस्कारबाटै २ जना पक्राउ

शहिद गेट बम बिस्पोटमा ज्यान गुमाएका रामले आफ्नो आयु बारे फेसबुकमा यस्तो लेखेका थिए

नेकपा (विप्लव)ले लियो बिस्फोटको जिम्मा , रामलाई शहिद घोषणा ( विज्ञप्ति )

बम बिस्पोट अपडेट : बझाङकाे कैलास पिमी घर भएका रामबहादुरको मृत्यु

शहिद गेटमा बम बिस्पोट अपडेट : ५ घाईतेको परिचय खुल्यो,घटनास्थलमै भेटियो पेस्तोल

BREKING - शहिद गेटमा बम बिस्पोट, क्षति कति भयो ?

stu

 

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...