death body

खेलामा पौडी खेल्ने क्रममा डुबेर कपिलवस्तुमा ३ जनाको मृत्यु भएको छ । शिवराज नगरपालिका(२ हल्लानगर नजिकै रहेको सुरई खेलामा पौडी खेल्न गएका विजयनगर गाउँपालिका(६ का ३ युवाको मंगलबार दिउँसो डुबेर मृत्यु भएको हो ।

स्थानीयका अनुसार गौरा भट्टराईका छोरा आशिक भट्टराई, कमला भुसालका छोरा निराजन भुषाल र माया सुनारका छोरा सुमित सुनारको पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।


उनीहरु १८ वर्षदेखि २२ वर्ष उमेरका रहेको प्रहरीले जानकारी दिएको छ ।

दिउँसोको समयमा गर्मी छल्न गएका युवकहरु खेलामा पौडी खेल्न नजानेका कारण नदिमा डुबेको आशंका गरिएको कपिलवस्तु प्रहरी प्रमुख दीप शमशेर जबराले जानकारी दिए ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...