tealaya add

 

bus

हेटौंडा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ अन्तर्गत पर्ने चुरियामाई मन्दिर नजिक भएको यात्रुवाहक दुर्घटनामा एक जनाको मृत्यु ३४ जना घाईते भएका छन् ।

नारायणगढबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना ५ ख ४०१५ नम्बरको यात्रुवाहक बस सोमबार बिहान कबि ९ बजे दुर्घटना भएको  हो । 

चुरियामाई मन्दिरको ओरालो बाटोमा अनियन्त्रित भएको बस सडकबाट करिब ४० फिट तल खसेको थियो । सडकबाट तल खोलामा खसेको बसमा सवार एक जनाको मृत्यु र ३४ जना घाईते भएको र घाइतेहरुको घाईतेहरुलाई उपचारको लागि चुरेहिल हस्पिटल र हेटौँडा अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।  

दुर्घटना पछि बसका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । 

 

 जिप दुर्घटना हुर्दा ४ जनाको अबस्था गम्भीर

योगेश रिजाल / सुर्खेत देखि दैलेखको ठाँटिकाँध गाउँपालिका-४, गैरागाउतर्फ जाँदै गरेको नौ जना यात्रु बोकेको भे १ च २९९० नम्बरको बोलेरो जिप ठाँटिकाँध गाउँपालिका -३, बाँहाकोटमा सडकदेखी करिब पाँचसय मिटर तल खसेर दुर्घटना भएको छ ।

जिपमा सवार नौ जना मध्ये चालक सहित चार जनाको अबस्था गम्भीर रहेको बताइएको छ , जसमा ठाँटिकाँध ४ निबासी सुरत शाही, बम बहादुर शाही, जिप मालिक लोकेन्द्र शाही र चालक भरत बिस्ट्को अबस्था गम्भीर रहेको तिन नम्बर बडाका वडा अध्यक्ष कर्ण बहादुर शाहिले बताउनु भयो ।

जिप सवार बाँकी चारजना मध्ये दुई जनाको अबस्था सामान्य र अरु दुइ जनाले जिपबाट हाम फाली बाँच्न सफल भएको उहाँको भनाइ छ ।

आज बिहान करिब ८ बजे भएको उक्त घटनामा उद्वार गर्न स्थानिय बासिन्दा, जनप्रतिनिधि र प्रहरी चौकी ठाँटिकाँधको प्रहरी टोलि परिचालन गरि घाइतेको उद्वार गरिएको थियो भने घाइतेलाई उपचारका लागि हेलिकप्टर मार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याउने तयारी भैरहेको बताइएको छ ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...