1478958692 banner ad format

 
 

जाजरकोट - त्रिवेणी नलगाड– ८ बगारामा रा १ ज ४२७ नंको जिप पल्टिँदा दुईजना घाइते भएका छन् । 

accident hetauda min

घाइते वडा नं ८ मन्मैका टीकाराम केसी र चालकका सहयोगी रामबहादुर विकको रुकुमको राडीमा रहेको श्रीनगर मेडिकलमा उपचार भइरहेको स्थानीय शिक्षक वीरबहादुर खत्रीले जानकारी दिए । 

बगाराबाट मन्मै जाने जिपको वरिपरि यात्रु झुण्डिएर गएका कारण भार थाम्न नसकी पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । 

अनुभव नभएका चालकका सहयोगीले गाडी चलाउँदा जिप पल्टिएको स्थानीयले बताएका छन् । प्रहरीचौकी मैदेबाट प्रहरीको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान जारी राखेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

प्रकासित मिति

Loading...

 

yummyfood