रौतहट - जिल्लाको गरुडा नगरपालीका ५ स्थित दुधियाभार नजिक ट्रकले किचेर शनिबार साँझ महिला र एक बालिकाको मृत्यु भएको छ । मृतकहरु आमाछोरी हुन् ।

accident

घटनापछि स्थानीयले ट्रकमा आगजनीको प्रयास गरेका थिए । तत्काल सुरक्षाकर्मी पुगेकाले ट्रक जल्न पाएन । इँट्टा लोड गरी काठमाडौं आउँदै गरेको लु १ क ३५६४ नम्बरको ट्रकले किचेर ना २१ प ४७० नम्बरको मोटरसाइकलमा सवार कटहरिया नगरपालिका १ भषेडवाका ३५ वर्षीय सुगन्धिदेवी साह र उनका छोरी ३ वर्षीया अम्रिकाकुमारी साहको घटनास्थलमै मृत्यु भएका जिल्ला प्रहरीले जानकारी दिएको छ ।

सुगन्धि गर्भवति थिइन् । उनका श्रीमान् दिलीप साहले मोटरसाइकल चलाएका थिए । मोटरसाइकलमा श्रीमती छोरा र छोरी सवार थिए । दिलीप र छोरा सामान्य घाइते छन् । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । ट्रक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । चालक फरार छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर