सुर्खेत। पिकनिक खाएर फर्कंदै गरेको जिप सल्यानको बनगाड–कुपिन्डे नगरपालिका–८ को थाग्लीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

Accident damak

बुधबार बिहान सुर्खेतबाट कुपिन्डे दहमा पिकनिकमा गएको भे१ज ९२७ जिप फर्कनेक्रममा दिउँसो ४ बजेतिर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यकाअनुसार चालक भेरीगंगा–८ का देवराज कामी र वीरेन्द्रनगर–८ की ३५ वर्षीया धनमाया नेपालीको घटनास्थलमै मृत्यु भएको छ ।

जिपमा सवारमध्ये १७ जना घाइते छन् । उनीहरुको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिप सडकबाट करिब १२० मिटर तल खसेको प्रहरीको भनाइ छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर