1478958692 banner ad format

 
 

लमजुङ – लमजुङ र कास्कीको सिमानामा पर्ने रुदीखोलामा बिहीबार दिउँसो बस खस्दा २ जनाको मृत्यु भएको छ ।

Accident in Rudi khola lamjung

 

पोखराबाट लमजुङको रामबजार हुँदै कास्कीको वालुवाबेसी तर्फ जाँदै गरेको ना ५ ख ६३९५ नम्बरको यात्रुवाहक बस दिउँसोे १ बजेतिर खोलामा खसेको हो । दुर्घटनामा परी घटनास्थलमै २ जनाको मृत्यु भएको छ भने २ जनालाई खोलाले बगाएको छ ।

उनीहरु पानीमा बसले च्यापिएको अवस्थामा रहेको र खोलाले बगाएकाहरुको पत्ता नलागेको घटनास्थलबाट प्रवेश घिमिरेले बताए । मृत्यु भएका र वेपत्ता भएकाहरुको सनाखत हुन नसकेको भोर्लेटारबाट गएको प्रहरीले बताएको छ । स्थानीयवासी र प्रहरी उद्धारकार्यमा खटिएका छन् । कास्कीको मादी गाउँपालिकाको वालुवाबेसी जानेक्रममा लमजुङको मध्येनेपाल नगरपालिका ८ मजुवाबेसी स्थित रुदीखोलामा दुर्घटना भएको हो ।

विन्ध्यवासिनी हाईड्रो पावरले निर्माण गरेको अस्थायी पुलको जीप नै खसेपछि बस खोलामा खसेको बताइएको छ । दुर्घटनामा परेर ६ जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि पोखरा पठाइएको छ । अन्य २० जना सामान्य घाइते भएका छन् । उक्त बसमा करिब ३५ जना सवार रहेको अनुमान स्थानीयले गरेका छन् । - नागरिकबाट 

प्रकासित मिति

Loading...

 

yummyfood